में १,२०१२ का दिन चुनमुन बटरफ्लाई बीच स्याङ्जा जनसेवा समिति हङकङ्को आयोजनामा सम्पन्न पाचौं खुल्ला पुरुष भलिबल प्रतियोगितामा पुन: स्याङ्जा आंधीखोला टीम ए ले विजयी हासिल गरेको छ।

यस पटकको खेलमा स्याङ्जा टीम ए, टीम बी, खोटाङ् हलेसी, पाथीभरा टीम, वाग्लुङ्, पुन क्लब, हङकङ नेपाली बडी बिल्डिङ् एशोशियसन र घान्द्रुक टीम गरि जम्मा ८ टीमहरुले सहभागिता जनाएका थिए।
स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल (कान्छा) गुरुङ्ले खेलको उद्द्घाटन गर्दै सुरु गरिएको स्याङ्जा टीम बी र खोटाङ् हलेसी बिच भएको खेलमा स्याङ्जा आंधीखोला टीम बी ले जित हासिल गर्दै सेमिफाइनल चरणको यात्रा तय गरेको थियो भने स्याङ्जा आंधीखोला ए ले पनि वाग्लुङ्लाई हराउंदै सेमिफाइनलमा प्रवेश गरेको थियो। यसै गरी पुन क्लब र घान्द्रुकले पनि आ-आफ्ना प्रतिद्द्वन्दीहरुलाई पछार्दै सेमिफाइनलको स्थान पक्का गरेका थिए। वेष्ट अफ फाइवको आधारमा खेलाइएको सेमिफाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक ढंगले सम्पन्न हुंदै स्याङ्जा टीम ए र घान्द्रुक फाइनलमा पुग्न सफल भएको थियो। स्मरणीय रहोस, स्याङ्जा आंधीखोला टीम बी ले घान्द्रुकको विरुद्ध निकै प्रतिस्पर्धात्मक खेल खेल्दाखेल्दै पनि सेमिफाइनलबाट बाहिरिनु परेको थियो भने फाइनल खेल स्याङ्जा आंधीखोला ए ले घान्द्रुक विरुद्ध पहिलो,तेस्रो र चौथो सेट आफ्नो कब्जामा पार्दै स्याङ्जा आंधीखोला ए ले हङकङको इतिहासमा एउटा उपनाम रच्यो र प्रथम पुरुस्कार स्वरुप स्याङ्जा आंधीखोला ए ले नगद ७००० हङकङ डलर,ट्रफी र मेडल हात पारे भने उपविजेता घान्द्रुकले नगद ५००० हङकङ डलर,ट्रफी र मेडल हात पार्न सफल भएको थियो।
हङकङको परिवेशमा बर्षौंदेखि रेफ्रीको भूमिका निर्वाह गरि सकेका याम गुरुङ्(स्याङ्जा), रबिन थापा(स्याङ्जा) र मन बहादुर गुरुङ्(कास्की) नेपालका राष्ट्रिय स्तरका खेलाडी तथा अनुभवी रेफ्रीहरुको निकै अनुशासन तथा पारदर्शक ढंगले सञ्चालन भएको खेलमा स्याङ्जा टीम ए का टीम कप्तान लालकाजी (प्रदीप) गुरुङ् बने सर्वोत्कृष्ट खेलाडी र हात पारे सर्वोत्कृष्ट ट्रफी।
नेपाली नयां बर्ष २०६९ सालको शुभकामना आदान प्रदान गर्ने अभिप्रायले फाइनल खेल खेलाउंनु अगाडि एक छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। समितिका अध्यक्ष कोमल(कान्छा) गुरुङ्को अध्यक्षतामा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरलाई प्रमुख अतिथ्या प्रदान गरिएको थियो भने अन्य अतिथिहरुमा संस्थापक अध्यक्ष तथा समितिका सल्लाहकार भक्त गुरुङ्,मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योति आलेमगर,नमो बुद्ध आमा समूह हङकङका अध्यक्ष श्रीमति पदमा कुमारी गुरुङ्,एन आर एन हङकङका प्रतिनिधि श्रीमति टिका गुरुङ्,पर्वत मञ्च हङकङका अध्यक्ष बिसन गुरुङ्,खोटाङ् समाजका अध्यक्ष सुबाश राई, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष तथा समितिका सल्लाहकार जंग बहादुर गुरुङ्,सल्लाहकार टम गुरुङ्,स्याङ्जा राङ्भाङ् गाबिसका अध्यक्ष प्रेम थापा र समितिकै उपाध्यक्ष भानबिर गुरुङ् रहेका थिए। यसै गरि तमु प्ये ल्हु संघ हङकङका प्रतिनिधि तथा सचिव मन बहादुर गुरुङ्, हङकङ नेपाली बडी बिल्डिङ एशोशियसनका प्रतिनिधि लगायत जेपीटी एचके डट कमका सञ्चालक लक्ष्मण गुरुङ् तथा कृष्ण गुरुङ् र मेरो स्याङ्जा डट कमका मुक काजी गुरुङ् समेतलाई अतिथ्या प्रदान गरिएको थियो।
समितिका कोषाध्यक्ष रीता गुरुङ्को स्वागत मन्तब्य रहेको कार्यक्रमलाई समितिकै सचिव भोजेन्द्र गुरुङ्ले ढिलै भए पनि नेपाली नयां बर्ष २०६९ सालको शुभकामना ब्यक्त गर्दै सञ्चालन गरेका थिए। यसै गरि संस्थापक अध्यक्ष भक्त गुरुङ् र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरले पनि नयां बर्षको अवसरमा शुभकामना ब्यक्त गरे भने अन्य अतिथिहरुलाई समयको अभाव दर्शाउंदै शुभकामना ब्यक्त गर्ने अवसर प्रदान गर्न नसकेकोमा खेद प्रकट गर्दै अध्यक्ष कोमल(कान्छा) गुरुङ्ले पनि शुभकामना ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए।
अन्तमा, अध्यक्ष कोमल(कान्छा) गुरुङ्र र प्रमुख अतिथि प्रदीप थापामगरले विजयी टीम तथा खेलाडीहरुलाई पुरुस्कार स्वरुप नगद,ट्रफी र मेडल प्रदान गरेका थिए भने कार्यक्रम स्थलमा बहुसंख्यक मात्रामा दर्शक तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
मुक काजी गुरुङ्, हङकङ