मानब जगत बुद्ध बन्न सक्छ : धर्मगुरु कर्म खेन्पो

Read Time:2 Minute, 0 Second

२९ अप्रील हंगकंग, शान्तिका अग्रदुत महामानब गौतम बुद्धको २५५६ औ बुद्ध जयन्तीको अवसरमा प्रवचन दिदै धर्म गुरु कर्म खेन्पोले मानव जगतले प्राणीको हितमा काम गरे बुद्ध बन्न सक्ने धारण राख्नु भएको थियो । त्यस्तै अर्का धर्म गुरु खेन्पो ङवाङ थेग्क्षोग्लेले पनि प्रवचन दिदै बौद्ध धर्मको बारेमा प्रकाश पार्नु भएको थियो ।
लुम्बिनी भ्रमण बर्षलाई सफल पार्ने लक्षित गरी तमु ट्यो ह्यूल हंगकंगको आयोजना अन्य सात बटा संस्थाहरु सहआयोजक रही काउलुन पार्कबाट शान्ति ऱ्याली शुरु भई याउ मा तेइ कम्यूनिटी हलमा आएर औपचारीक कार्यक्रम गरीएको थियो । आयोजक संस्थाका अध्यक्ष अर्जृन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यय प्रमुख अतिथि रहेका थिए । धर्म गुरुहरु सहित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गरेका थिए । कार्यक्रम सचिव युवराज गुरुङको सञ्चालनमा उपाध्यक्ष रीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन ।

बुद्ध सम्बन्धि डकुमेन्टी पनि प्रर्दशन गरीएको थियो । लुम्बिनी भ्रमण बर्षलाई सफल पार्न फोटो पत्रकारीता गरीरहेका चेतन पन्तलाई सम्मान गरीएको थियो । पन्तले खिचेको फोटोहरु पनि कार्यक्रम स्थल बाहिर प्रर्दशनीको लागि राखिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %