
आउनुस हजूर जनजाती सबै एक भै सोचौ
देशको खातिर केही गर्न हामी जनजाती एक भै कम्मर कसौ!!
हामी सबैजना जनजाती मिल्नसके देशको विकास हुन सक्दछ
हामी सबै जनजाती महिला,पुरुषहरू मिलेर नै देशलाई चिनाउनुछ!!
भ्रष्टाचारी,अन्धविश्वास,जातित्वको भेदभाव र कुरीतिलाई हामीले नै हटाउनुछ
अनि मात्रै देशको विकास हुनेछ!!
गौतम बुद्ध जन्मेको देश नेपालमा अशान्ति यहाँ नल्याऔ
शान्ति क्षेत्र हाम्रो देश नेपाल हो भनेर सबैलाई चिनाऔ!!
थोपा थोपा मिल्न सके समुन्द्र यहाँ बन्दछ
हामी जनजाती सबै एक भएर नै देशलाई चिनाउनुछ!!
जन्मभूमि नेपाललाई हामी जनजाती सबै मिलेर रक्षा गर्न तिर लागौ
जोस र जागर बोकी आफ्नै देशको विकास गरौ!!
माया घले मगर
हाल:इजरायल