असार दोस्रो साता मिस मगर पोखरा हुने

Read Time:3 Minute, 11 Second

 

नेपाल मगर संघ कास्कीको आयोजना तथा रिवर्थ इभेन्ट म्यानेजमेन्टको व्यबस्थापनमा आगामी असारमा मिस मगर पोखरा २०१२ हुने भएको छ । मगर जातिको भाषा, संस्कृति, परम्परा, रितिरिवाज, भेषभुषाको प्रचारप्रसार एव्म प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिन लागेको बताइएको छ ।

पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा दिइएको जानकारी अनुसार १६ वर्ष देखि २४ वर्ष उमेर समुहका करिब ३० जना युवतीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताका लागिआवेदन फारम भोलिदेखि खुल्ला गर्ने र जेठ ५ गतेबाट छनौट प्रक्रिया शुरुगर्ने कार्यक्रम संयोजक नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

प्रतियोगिताकाविजेताले उपाधीसँगै २५ हजार नगद रूपैयाँ, फस्ट रनर अप र सेकेण्ड रनर–अपले उपाधीसँगै क्रमशM १५ हजार, १० हजार नगद रूपैयाँसँगै विभिन्न गिफ्टह्याम्पर प्राप्त गर्ने रिवर्थ इभेन्ट म्यानजेमेन्टका प्रवन्ध निर्देशक तथाप्रतियोगिताका कोरियोग्राफर सुरज थापाले बताए । थापाका अनुसारविभिन्न विधामा पनि उत्कृष्ट हुने प्रतियोगिलाई समेत आकर्षक उपहार उपलब्ध गराइने छ ।

प्रतियोगिताले मगर युवतीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास तथा बौद्धिक क्षमता अभिवुद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । एसएलसी सम्मका शैक्षिक योग्यता भएका युवतीले सहभागिता जनाउनसक्ने र उनीहरुलाई ४ हप्ता सम्म विभिन्न विधाहरुमा तालिम पनि दिइने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु= पाँच लाख ५५ हजाररुपैया खर्च लाग्ने र पाँच लाख ६५ हजार रुपैया आम्दानी गर्ने आयोजकलेलक्ष्य राखेको छ । उक्त कार्यक्रम बाट बचेको रकम अनाथ, बृद्धाश्रम रसामाजिक कार्यमा लगाइने संयोजक पूर्ण बहादुर रानाले बताउनुभएको थियो । कार्यक्रममा, रिवर्थ इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अरुण दर्लामी, अर्थनिर्देशक शिव थापा मगर, मिस मगर २०११ का विजेता अनु थापा मगरलेप्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गर्दै आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %