लागु औषध नियन्त्रणका लागि कार्यदल गठन

Read Time:2 Minute, 0 Second

लमजुङ, ७ गते  कार्तिक
दुब्र्यसन मुक्त समाजको निर्माण तथा लागू औषधको कारोबार नियन्त्रण गर्नका लागि लमजुङमा एक कार्यदल गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङमा आज आईतवार बसेको प्रहरी, सदरमुकाम वेसीशहरका आमा समूहल, विभिन्न युवा क्लव, अधिकारकर्मी र सञ्चारकर्मीहरु समेटेर कार्यदल गठन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक आनन्दमणी लामिछानेको संयोजकत्वमा गठिन ९ सदस्यीय कार्यदलमा त्रिवेणी युवा क्लवका अध्यक्ष लोकेन्द्र गुरुङ, लमजुङ मस्र्याङदी युवा क्लवका अध्यक्ष प्रवीण कायस्थ, बेसीशहर युथ सोसाइटीका अध्यक्ष भीम गुरुङ, बेसीशहर आमा समूह समन्वय समितिका अध्यक्ष लक्ष्मी अधिकारी, प्रकृति नारी समाजका प्रतिनिधि सीता श्रेष्ठ र प्रगति आमा समूहका प्रतिनिधि फौती कुमारी गुरुङ, अधिकारकर्मी कृष्णप्रसाद अधिकारी र पत्रकार कमला केसी सदस्य रहेकाछन् ।
कार्यदलले तिहार अगावै लमजुङमा रहेका लागू औषध दुब्र्यसनीहरुको तथ्याङ्क संकलन गर्ने र दुब्र्यसनमा लागेका युवाहरुलाई उपयुक्त परामर्श दिने, लागू औषधको ओसारपोसार तथा कारोबार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।
लमजुङमा केहीवर्षयता लागु औषधको दुब्र्यसनी बढेको छ । दुब्र्यसनीलाई प्रहरीले पक्राउ गरि कार्वाही गर्नुका साथै सुधार केन्द्र पठाउने गरिएको छ ।  

    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %