हङकङ १५ अप्रिल
पुन क्लब हङकङद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फ फेरि पनि स्याङ्जा आंधीखोला टीम ए ले जित्न सफल भएको छ भने पर्वत मञ्च उपविजेता बन्न सफल भएको छ । यसै गरि महिला तर्फको बाग्लुङ समाज र पुन क्लब बिच भएको खेलमा बाग्लुङ समाज हङकङले जित हासिल गरेको छ । यस पटकको खेलमा जम्मा ९ टीमले सहभागिता जनाएका थिए ।
खेलको शुरुवातमा स्याङ्जा आंधीखोला टीम ए ले हङकङकै सशक्त मानिएको टीम पुन क्लबलाई पहिलो चरणमा नै पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पर्वत मञ्च हङकङ, हङकङकै अर्को सशक्त टीम घान्द्रुक समाज टीम र स्याङ्जा आंधीखोला टीम बी पनि सेमि फाइनलको चरणमा पुग्न सफल भएको थियो। यसैगरी सेमिफाइनल चरणको खेलमा स्याङ्जा आंधीखोला टीम ए ले सोहि स्थानमा धेरै पटक विजय हासिल गरि सकेको घान्द्रुक टीमलाई पराजित गर्दै स्याङ्जा आंधीखोला टीम ए फाइनलमा प्रवेश गरेको थियो ।
स्याङ्जा आंधीखोला टीम बी ले पनि निकै प्रतिस्पर्धात्मक खेल खेल्दाखेल्दै पनि पर्वत मञ्चसंग हार बेहोर्दै पर्वत मञ्च हङकङ फाइनलमा प्रवेश गरेको थियो । अन्तमा, वेष्ट अफ फाइवको आधारमा खेलाइएको फाइनल खेल स्याङ्जा आंधीखोला टीम ए ले पर्वत मञ्चको बिरुद्ध दोस्रो,तेस्रो र चौथो खेल लगातार जित्दै यो दोस्रो उपाधि हात पारेको हो। जितसंगै शिल्ड,मेडल र हङकङ डलर ६००० नगद पनि हात पारे भने पुरुष तर्फको उत्कृष्ट खेलाडीको उपाधि पनि स्याङ्जा आंधीखोला टीम ए कै किरण गुरुङ्ले पाउंन सफल भएको छ। बिशेष गरेर स्याङ्जाको यो विजयीको श्रेय सिंगो स्याङ्जा जनसेवा समिति हङकङ लगायत भलिबल संयोजक (समितिकै सचिव ) भोजेन्द्र गुरुङ्, ब्यबस्थापक शंकर गुरुङ् र टीम क्याप्टेन लालकाजी गुरुङ् (प्रदीप ), खेलाडी मित्र तथा खेलाडीहरुको लागि ड्रेस प्रायोजकहरु मोहन (टिला ) गुरुङ्,बिक्रम गुरुङ् र गोपी राना र सम्पूर्ण स्याङ्जावासी खेलप्रेमी तथा खेल मैदानमा हूटिङबाट खेलाडीहरुको हौसला एवं मनोबल बृद्धि गर्नमा सहयोग पु-याएकाथिए ।
पुरुस्कार वितरण समारोहलाई पुन समाज हङकङका सचिव देवेन्द्र पुनले सञ्चालन गर्दै मगर संघ हङकङका अध्यक्ष श्रीमती चन्द्र ज्योति आलेमगर प्रमुख अतिथिको रुपमा आसीन थिए भने समाजका अध्यक्ष राजु गर्वुजा स्वयं अध्यक्षतामा आसीन थिए। यसै गरी मगर संघका पूर्व अध्यक्ष तथा हङकङ नेपाली डट कमका प्रबन्धक नेत्र पहराई,स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङ् (स्याङ्जाली कान्छा),पर्वत मञ्च हङकङका अध्यक्ष बिसन गुरुङ् र समाजका केहि सल्लाहकारहरु पनि अतिथिमा आसीन थिए। विजयी टीम र उपविजेता टीमलाई मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योति आले मगर र पूर्व अध्यक्ष तथा हङकङ नेपाली डट कमका प्रबन्धक नेत्र पहराई लगायत प्रायोजक स्याङ्जाली ब्यबसायी भक्त गुरुङ्ले पुरुस्कार बितरण गरेका थिए । स्मरणीय रहोस, गत हप्ता मात्रै पर्वत मञ्च हङकङद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि स्याङ्जा आंधीखोलाले नै जितेको थियो।
मुक काजी गुरुङ्