हंगकंग, १५ अप्रेल, फियोना हंगकंगको आयोजनामा कनसन कन्ट्री पार्क मंकीहिलमा चौथो डान्स आइडल प्रतियोगिता भएको छ । एक जना पुरुष सहित १८ जना प्रतियोगीहरु रहेका छन । पहिलो चरणको अडिसन राउण्डबाट उत्कृष्ट १० छानीएको छ । मे २७ का दिन याउ मा तेइ कम्यूनिटी सेन्टर हलमा तिन चरणको छनौटपछि उत्कृष्ट प्रथम द्धितिय र तृतिय छानिने आयोजक संस्थाका अध्यक्ष गणेश गुरुङले बताए । भू पु उद्योग राज्य मन्त्री तुल बहादुर गुरुङको विशेष आतिथ्यमा अध्यक्ष गणेश गुरुङको अध्यक्षतामा सचिब भिम गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष गंगा खतिवडाले स्वागत मन्तब्य दिदै फियोना डान्स आइडलको बारेमा प्रस्ट्याएका थिए ।
हंगकंगमा चौथो डान्स आइडल प्रतियोगिता
Read Time:1 Minute, 7 Second