अल्बर्ट लामद्वारा २०६९ को सुभकामना

Read Time:1 Minute, 36 Second
१३ मार्च हंगकंग, नव वर्ष २०६९ को अबसरमा डीएबि एथ्निक मैनोरोटिसज कमिटीले याउ मा तेइ कम्युनिटी हलमा कार्यक्रम आयोजना गरि सभापति अल्बेर्ट लाम ले खुसि व्यक्त गर्दै नेपालीमा सुभकामना दिएका थिए l उनले नेपाली नव वर्ष डीएबि एथ्निक मैनोरोटिसज कमिटीले अहिलेसम्म गरेर सात पटक मानिसकेको जानकारी गराउदै आगामी दिनमा हामी सदैब नेपाली समुदाय बीच हुनेछौ भनि बचन बद्ध गरेका थिए l   उक्त कार्यक्रममा डीएबि केन्द्रीय समितिकी उपसभापति तथा लेजिस्लेतिब काउन्सिलर ली वाइ किंग स्ताररी, याउ चिम मोंग डिस्ट्रिक काउन्सिलर बेनी योंग, क्रिस्प इप, डेरेक हंगले पनि सुभकामना दिएका थिए l कार्यक्रममा आदिबासी जनजाती महासंघका  सभापति एम बि थापा मगर तथा हंगकंग नेपाली महासंघका सभापति प्रदिप थापा मगरको पनि उपस्थिति रहेको थियो l  मगर संघ हंगकंगकि सभापति चन्द्र ज्योति आले मगर तमु ट्य ह्येलका सभापति अर्जुन गुरुङ तेस्तै विभिन्न संघ सस्थाका सभापति तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो l 
 
भिम बरही मगर
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %