दाङ, ७ कात्तिक
दाङ जिल्लाको तुलसीपुरस्थित क्षेत्रीय कारागारमा रहेका एक कैदीलाई भेट्न आएका स्थानीय तुलसीपुर–५ बस्ने सन्तोष हमाल लागुऔषधसहित पक्राउ परेका छन् ।
उक्त कारागारमा रहेका कैदी मनिकेतन गिरीलाई भेट्ने बहानामा टाइट्रोसन नामक लागुऔषध दिन लागेको बेलामा उनलाई कारागार सुरक्षार्थ ड्युटीमा रहेका सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेका थिए ।
निज हमाल हिजो सँझ कैदी भेट्न भनी उक्त कारागारमा आएका थिए । कारागारमा रहेका कैदीलाई प्रतिबन्धित लागुऔषध दिन लागेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
निजको साथबाट उक्त लागुऔषधका तीनवटा ट्यावलेट बरामद गरेको छ । बरामद लागुऔषधसहितै उनलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ । रासस