एनआरएन कतारद्वारा भलिवल टोली र विश्व साइकल यात्रीलाई सम्मान

Read Time:7 Minute, 37 Second

दोहा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए-एनसिसी कतारले नेपाली भलिवल टिम र विश्व साइकल यात्री सौरब दाहाललाई सम्मान गरेको छ । कतारमा हालै सम्पन्न कम्प्युनिटिज लिग भलिबलमा सहभागी टिम नेपाल उपविजेता बन्न सफल भएपछि नेपाली दुतावाससंगको सहकार्यमा एनआरएनए-एनसिसीले सो सम्मान कार्यक्रम आयोजना गरेको हो । लिगमा सहभागी टोलीलाई एक विशेष कार्यक्रमकाविच सम्मान गर्ने नेपाली दुतावासको तत्कालिन योजना अनुसार नै सो सम्मान गरिएको आयोजकले जनाएका छन् ।

अल अरवी स्पोर्टस् क्लवमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा कार्यवाहक राजदुत जयबहादुर राई गैर आवासीय नेपाली संघका मध्यपुर्व संयोजक नरेन्द्र भाट नेपाल एअरलाइन्सका कतारस्थित कन्ट्रि मेनेजर विजयविक्रम शाह कतार भलिवल एशोसिएशनका प्राविधिक निर्देशक तथा कम्प्युनिटिज लिग भलिबलका संयोजक हुसेन इमाम अली तथा सहसंयोजक रसिद मोहम्मद एनआरएनएका पदाधिकारीहरु लगायतले नेपाली टिमका देशी-विदेशी खेलाडी खेल पदाधिकारी र विश्व साइकल यात्रीलाई खादा ओढाएर सम्मान गरे ।

सो अवसरलाई सम्बोधन गर्दै कार्यवाहक राजदुत राईले प्रवासमा सामुदायिक ऐक्यबद्वता हुनुपर्नेमा जोड दिए । ुनेपालमा म तिमी उ होउँला तर यहाँ हामी बनौंु राईले भने- ुसात समुद्र पारी आएर विभाजित बन्नुहुँदैन ।ु एक नेपालीको कामले धेरै नेपालीलाई प्रभाव पार्ने उल्लेख गर्दै राईले सकारात्मक सोचका साथ असल कर्म गर्न आग्रह गरे । नेपाली टोलीका देशी-विदेशी खेलाडीले गरेको मेहनतको उनले प्रसंसा गरे । कतारका खेल निकायले नेपालीलाई दिएको अवसरप्रति कार्यवाहक राजदुतले कृतज्ञता जनाए । विश्व साइकल यात्रीको सफल यात्राका लागि राईले शुभकामना दिएका छन् । कार्यक्रम सभापति एनआरएनए-एनसिसीका अध्यक्ष अमृत गुरुङले भलिवल टोली र विश्व साइकल यात्रीको सम्मानका लागि सामुदायीक ऐक्यबद्वताका लागि आग्रह गरे । ुयो हामी सवैको सामुहिक कर्तब्य होु उनले भने ।

सम्मानपश्चात विश्व साइकल यात्री दाहालले आफ्नो यात्रा अनुभव सुनाए । विदेशमा रहेका नेपालीजन बाँडिएर नभई एकजुट रहन उनले आग्रह गरे । ‘एकजुट हुनुभयो भने देशका लागि धेरै योगदान दिनसक्नुहुन्छ’ उनले भने । गत २२ मार्चमा कतार आएका दाहाल ‘सवैलाई शिक्षा तथा समान शिक्षा’ र ‘शान्तिदुत गौतम बुद्वको जन्मस्थल नेपाल हो’ भन्ने नारासहित विश्व भ्रमणमा रहेका छन् । दाहालले हालसम्म ४४ वटा राष्ट्रको साइकल यात्रा गरिसकेका छन् ।

भलिवल एशोसिएशनका अलीले नेपाली दर्शकको सहभागिताले कतारमा भलिवल सफल भएकोमा मुक्तकण्ठले नेपालीको प्रसंसा गरे । नेपाली दर्शकको अनुशासन निकै प्रेरणादायी रहेको उनले बताए । अवका दिनमा नेपालीजनलाई भलिवल एशोशिएशनको महत्वपुर्ण अंगकै रुपमा लिने प्रतिबद्वता उनले ब्यक्त गरेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । १८ मे बाट ८ जुनसम्म सुपर कप आयोजना हुने र सो सम्बन्धि पुर्ण जानकारी यथासक्य छिटो उपलब्ध गराउने उनले बताएका छन् ।

नेपाली भलिवल टोली र कतार भलिवल एशोसिएशनविच समन्वयकर्ताको भुमिका बहन गर्दै आएका सामाजीक अगुवा सागर नेपालले कतारको राष्ट्रनिर्माण कार्यका साथै खेलकुद लगायतका क्षेत्रमा नेपालीजनलाई सहभागी गराउने पहल भएकोमा कृतज्ञता ब्यक्त गरे । नेपालका लागि लिग खेल्दै उपविजेताको स्थान सुरक्षित पार्न महत्वपुर्ण भुमिका बहन गरेकोमा क्युवाली खेलाडी हिरोचीप्रति उनी कृतज्ञ थिए । पहिलो प्रयासमै ७ राष्ट्रलाई जितेर उपविजेता बन्न सफल हुनु गौरवको विषय रहेको र भविश्यका लागि तयारीमा जुटेको उनले बताए । उनको पहलमा भलिवल एशोशिएसनले सम्मान कार्यक्रमका लागि इन्डोर हल उपलब्ध गराएको थियो । उनले जनाए अनुसार यसरी कुनै पनि आप्रवासी समुदायका लागि सो हल उपलब्ध गराइएको यो पहिलोपटक हो ।
 
स्वागत मन्तब्य राख्दै एनआरएनए कतार च्याप्टरका बरिष्ठ उपाध्यक्ष गुरु नारायण रानाभाटले खेलाडीहरुको योगदानको प्रसंसासहित अवका दिनमा आयोजना हुने प्रतियोगिताहरुका लागि उत्साहित रहन सुझाव दिए । विश्व साइकल यात्री सौरब दाहालको कतार भ्रमणलाई सहज बनाउन स्याङजा सहयोग समाजकातर्फबाट अध्यक्ष टुकराज अर्याल पत्रकार रवि रोषी र सामाजिक अगुवा सागर नेपालले महत्वपुर्ण योगदान दिएको उनले बताए । नेपालमा फरक पार्टी र विचार भएपनि प्रवासमा एकजुट रहिरहन उनले नयाँ बर्षको शुभकामना दिए ।

रात्रीभोजका साथ आयोजित सो कार्यक्रम एनआरएनए-एनसिसीका सचिव विनोद भट्टराईले साचालन गरेका थिए भने एनआरएनए मध्यपुर्व संयोजक नरेन्द्र भाट एनआरएनए-एनसिसीका कोषाध्यक्ष चुडामणी कार्की स्याङजा सहयोग समाजका अध्यक्ष टुकराज अर्याल मोरङ सुनसरी प्रवासी सेवा सममाजका अध्यक्ष गोकुल थापा लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा विश्व साइकल यात्रीलाई उल्लेख्य आर्थिक सहयोग संकलन भएको छ । गैर आवासीय नेपाली संघ दोहा च्याप्टरले संकलन गरेको एक लाख नगद हस्तान्तरण गरीएको थियो भने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा सामाजिक अगूवा सागर नेपालको ब्यक्तिगत पहलमा कतार साईकल फेडरेशनसंग पहल गरी साईकल खरिदार्थ २५ सय डलर पनि निकासा गरिदिएका थिए ।

रवि रोषी, दोहा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %