पोखरामा सती घाँटुको गर्मी

Read Time:2 Minute, 46 Second

 
पोखरा १५ रामबजारमा समाजघर रहेको आँधीखोला तमु समाजलेसती घाँटु नृत्य शुरु गरेको छ । तमु जातिको मौलिक नृत्य घाँटु लोप हुदै गइरहेको अवस्थामा तमु धि नेपालको विशेष सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा चैत २३ गते शुरु भएको घाँटुको प्रमुख अतिथी तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले उद्घाटन गरेका हुन  ।

तीन दिनसम्म नाचिने नृत्यको उद्घाटन गर्नु हुदै प्रमुख अतिथी तमुले तमु जातिको मौलिक सँस्कृतिको संरक्षणमा आँधीखोला तमु समाजको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा जोड दिए ।

तमु िधं नेपालका महासचिव देविराज तमुले संघीय तमुवानले नै मौलिक सँस्कृतिको संरक्षण गर्ने भएकाले तमुवान प्राप्तिका लागि सबै जुट्न आग्रह गरे  । तमु राष्ट्रिय मुक्ति मोर्चाका कास्की अध्यक्ष धर्म तमुले नयाँ नेपालमा नेपालका सबै सँस्कृतिलाई फूल्ने समान अवसर पाउनुपर्ने र सबै जाति भाषा सँस्कृतिको पहिचान स्थापित हुनुपर्ने धारणा राखे ।

समाजका कार्यबाहक अध्यक्ष सुवेदार अम्बरबहादुर तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष क्याप्टेन भुवनिसंह तमु, समाजसेवी निरज थापा, समाजका महासचिव मिनबहादुर तमु, सचिव तथा घाँटु संयोजक मनमाया तमु, खिमबहादुर तमु लगायतले घाँटुको बारेमा मन्तव्य राखेका थिए । सोही अवसरमा समाजसेवी निरज थापाले आँधीखोला तमु समाजलाई जीवन काँडा की फूल अन्र्तमनको यात्रा सोंच लगायतको पाँच पुस्तक प्रदान गरेका थिए ।

तीन दिनसम्म नृत्यमा पाँच जना गुरुआमा नौ जना घाँटुनी, नौजना सुसारे, नौ जना भयाजुको सहभागीता रहने संयोजक मनमाया तमुले जानकारी दिएका छन् । घाँटु प्रस्तुतीसँगै हालसम्म लिपीबद्ध हुन नसकेको घाँटु गीतलाई यसपटक लिपिवद्ध गरिने योजना रहेको समाजका सल्लाहकार रुकबहादुर तमुले जानकारी दिए ।

हुम तमु, पोखरा
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %