सिक्किमका स्रष्टा सम्मानित

Read Time:1 Minute, 42 Second

 

सार्क नेपाली सांस्कृतिक मैत्री सङ्घले नेपाली भाषमा योगदान पुर्याएका सिक्किमका स्रष्टालाई  सम्मान गरेको छ । सङ्घले चैत १७ गते केदार गुरुङ, डा. राजेन्द्र भण्डारी, भानुप्रकाश चक्रपाणि भट्टराई, मोहन प्रधान, पुण्यप्रसाद शर्मा, टिबी चन्द्र सुब्बा, अमर बानियाँ, राज के श्रेष्ठ, विजय वान्तवा र प्रणय लामिछानेलाई ‘सार्क सांस्कृतिक सम्मान’ले विभुषित गरेको छ ।

यसैगरी सन्चारकर्मी कविता शर्मा तथा विजय कटुवाललाई पनि संघले कदरपत्रसहित सम्मान गरेको थियो । सार्क नेपाली सांस्कृतिक सङ्घका अध्यक्ष महेश प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार मजुल, अमर वानियाँ, विष्णु राई, श्रवण मुकारुङ, राजेन्द्र थापा, लक्ष्मी उप्रेतीलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रम राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी, साहित्यकार मोदनाथ प्रश्रित, सम्मानित व्यक्तित्व विजय वान्तवा, साहित्यकार जगदीश घिमिरे लगायतले नेपाली भाषामा सिक्किमेलीहरुले गरेको योगदानको चर्चा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %