लेखक
हुमबहादुर पचभैया थापा मगर, बासो्रलोना
२९ मार्च ०१२ मा ट्रेड युनियन र उसको मातहातमा रहेका संघसस्थाहरुले प्रधानमन्त्री मारिआनो राखोई पिपुल्स (पपुलर) पार्टीको सरकार बिरुद्ध आमहड्ताल घोषणा गरी देशका विभिन्न भागमा आन्दोलन गरे । प्राप्त समाचार अनुसार २० प्रहरी र केही प्रर्दशनकारी समेत घाइते भएका छन् । प्रदर्शनकारीहरुले देशका विभिन्न भागमा सार्वजनिक टेलिफोन बुथ्का सिसाहरु, सरकारी भवनका शिसाहरु फोरेका छन् ।
उनीहरुले फोहोर मैला जम्मा गर्न राखिएका ठुला ठुला पलास्टिकका डब्बाहरुमा लुकेर सुरक्षुकर्मीमाथि आक्रमण गरेका थिए । पछि त्यहि पलास्टिक डब्बाहरुमा आगो लगाई त्यसको धुवाले सहर बजारलाई अश्तब्यस्त बनाएका थिए । दिनभरी नै हेलिकप्टरले आकाशमा होबिरंग गरि प्रदर्शनकारीहरुलाई हेरिरहेको थियो । बासो्रलोनामामात्रै कम्तीमा ४० जनाप्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहानै देखिदशौ लाख आन्दोलनकारीहरु शहरको चोक चोकमा गएर सरकारी कार्यालय, स्कुल, पसल, उद्योग-कलकारखान, सवारी, यातायातहरु बन्द गराएका थिए । कतिपय ठाउँमा उनीहरुले पनि बन्द गरि आन्दोलनाई सहयोग गरेका थिए ।
आन्दोलन केका लागि ?
प्रधानमन्त्री मारिआनो राखोई पिपुल्स (पपुलर) पार्टीको सरकारले अध्यागमनमार्फत अप्रबासीहरु माथी स्पेनमा बस्न दिनानु दिन कस्टकर बनाउदै गएको र ३ जना बराबर १ जना बेरोजगार गराउदै गएको भन्दै आन्दोलन गरिएको बताइन्छ । नि:सुल्क शिक्षा र स्वास्थ्यमा कटौतीगर्दै गएको तथा स्थानियकथालन सरकारबाट यूरो ४०० डलर बेरोजगार भत्ता पनि बन्द गरेको भन्दै उनीहरु विरोधमा उत्रेका हुन ।
पेपे सरकारले अप्रबासीहरुको सक्कली कागजपत्रहरुलाई सुनुवाई बन्दगरी लाखौ लाख अप्रबासीहरुलाई नागरिक्ता बिहीन बनाएको बिरुद्धमा यो आन्दोलनलाई स्थानियबासीन्दाहरुले पनि साथ दिएका थिए । ५०० जना जतिकोले प्राय दिनहँ जस्तै प्रदर्शन गरे तापनि यो हालसम्मकै ठुलो जनप्रदर्शन करिब १० लाखको उपस्थीती रहेको थियो ।
नेपाल र यहाँ भने आन्दोलन र प्रदर्शनमा धेरै प्रकृतिको फरक भेटियो जसमा प्रदर्शनकारी जति आक्रोस हुन्छनत्यति नै प्रहरीहरु लचिलो हुने । प्रदर्शनकारीमाथी जथाभाबी अश्रुग्यासरबटका गोली हरु फयर नगर्नेहवाई फायर गरे पनीताकीताकीफायर नगर्ने जस्ता धेरै फरक भेटियो ।
स्पेनको नागरिक्ता छ काम छैन
स्पेन गएको ३ बर्षमा कागज मिलेमा यहाँको नागरिक्ता हात लागे पनि काम पाउन धेरै मुश्कील छ । स्पेन आफै आर्थिक मन्धीमा भाएिको करिब ९ वर्ष भैसकेको छ । नागरिक्ता हात लागेता पनि प्रत्येक वर्ष ७ देखि ९ महिनाको कम्तिमा ४०० युरो सरकारलाई काम नगरे पनि चिनेको कम्पनीमार्फत ५ बर्षसम्म कर बुझाउनु पर्छ । त्यसो नगर्दा कागज नविकरण हुँदैन । काम पाईहालेमा पनि तलब भने चाहे जति नपाउन सकिन्छ । कसैकसैले घरबाट ल्याएर कर बुझाएका छ भने कतिले हापेर वा राम्रै मानीसहरु पनि कति कुलतमा लागेको खाते बनेको चिसो भुईमा सुतेको देखिन्छ । पाँच बर्ष कर तिर्न सफल भएमापछि सरकारले त्यही आफ्नो पैसाबाट भत्ताको व्यवस्था गर्ने कानुनी प्रावधान भने छ ।
(तस्विरहरु रुपेश रामजाली मगर)