हंगकंग २४ मार्च सामूहिक लगानीको लागि अँईसीसी अध्यक्ष जिवा लामिछानेले यरोपमा करीव ५ अरब रुपैयाँ संकलन गरी हंगकंग आइपुगेका छन् । लामिछानेको सकि्रयतामा ५ अरव युरोपबाट संकलन भएको थियो । समूहिक लगानीको लागि रकम संकलन गर्ने लक्ष्य लिएर एनआरएन हंगकंगले इण्डिया क्लवमा अन्तरकि्रया कार्यक्रम गरेको थियो । हाल रसिया निवासी लामिछानेले गेष्ट अफ अनवरको आतिथ्य ग्रहण गर्दे समहिक लगानी र सकलनको बारेमा योजना प्रस्तुत गरेका थिए ।
थोरैमा एक लाख रुपैयु देखि एक करोडसम्म एक जनाबाट संकलन गर्न सकिने बताए । यो लगानी जलविद्युत परियोजनामा गर्ने योजना भइरहेको बताएका थिए । योजना प्रस्तुत गरी सकेपछि जिज्ञासाहरुको जबाफ दिदै जलविद्यतमा लगानी गर्न को लागि एकदमै सरक्षित भएको हुनाले यसमा शंका गर्नु नपर्ने भन्दै लामिछानेले विश्वास्त पार्न खोजेका थिए ।
अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा सचिब मीन गुरुङले कार्यक्रम साचालन गरेका थिए । नेपाली महाबाणिज्यदूत विनोदकुमार उपाध्यय प्रमुख अतिथि रहेका थिए । विशेष अतिथिहरुमा रसियाबाट आएका आइसीसीद्धय डा. बद्री केसी र सपीराराज भण्डारी, आईसीसी तथा नेपाल चेम्वस्र अफ कमस्रका अध्यक्ष जेएन ज्ञावाली, आइसीसी त्रिलोककुमार गुरुङ लगायत रहेका थिए । अतिथिहरुमा एनआरएन मकाउका अध्यक्ष सुर्दशन थापा, आदिवासी जनजाति महासंघका अध्यक्ष एमवि थापा मगर लगायत हंगकंगका संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।
भीम थापा मगर, हङकङ