६ कार्तिक बुटवल
बुटवलमा सञ्चालित १७ औ तिलोत्तमा गोल्डकप फुटबलप्रतियोगिता अन्र्तगत आज भएको खेलमा एपिएफ क्लव (शसस्त्र प्रहरी) बिजयी भएको छ । फ्रेन्ड्स क्लव काठमाडौं.. मैदानमा उत्रिएको एपिएफ २—० को गोलअन्तरले बिजयी भएको हो । एपिएफको बिजयी यात्राका लागि जर्सी नं १४ का निराजन मल्लले खेल शुरु भएको २२ औ तथा ३३ औ मिनेटमा २ गोल गरेका हुन । निकै प्रतिष्पर्धात्मक भएको खेलमा दुबै टिमले गोल गर्ने राम्रा अवसर कैयौ पटक गुमाएका थिए
। खेलको पहिलो हाफमा आक्रामक रुपमा मैदानमा उत्रिएको एपिएफले गोल गरेपछि दोस्रो हाफमा पूर्ण रक्षात्मक खेल खेलेको थियो । जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा फिफा टेक्निकल सेन्टरको खेल मैदानमा भएको आजको खेलमा फ्रेन्डस क्लवका २ जना खेलाडिले पहेलो कार्ड पाएका थिए । प्रतियोगिताको उद्घाटन खेलमा हिजो रुपन्देही—११ ले सहारा क्लव पोखरालाई १—० ले पराजित गरेको थियो । भोलि साबिक बिजेता टिम नेपाल आर्मी क्लव र उद्घाटन खेल बिजेता टिम रुपन्देही ११ का बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका विभागीय तीन टीम सहित ‘ए’ डिभिजन क्लब र बंगलादेशको एक टीम गरी जम्मा १२ टीमको सहभागिता रहेको छ ।
गोविन्द घर्ती