आदिवासीहरुको बृहत भेला

Read Time:1 Minute, 50 Second

 

 

 

 

आदिवासी जनजाती महासंघ टोकाइ जापानको आयोजनामा १६ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष सूर्य तामाङज्यूको सभापतित्व र आदिवासी जनजाती महासंघ जापानका केन्द्रिय अध्यक्ष केबी मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

 
नेपाली रास्ट्रिय गीत र आदिवासी जनजाती गीतबाट शुरू भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनितीक पार्टीका प्रतिनिधीहरूको आतिथ्यता रहेको थियो । संस्थाको तर्फबाट ज्ञान पुन मगरले स्वागत मन्तव्य , त्यसैगरी नेपाल जापान तमाङ मैत्री समाजका अनिल तमाङ, शेर्पा संघ जापानका पासाङ शेर्पा, मगर सेवा समिती टोकाइ जापानका राजु राना मगर, नेपाली जनप्रगतिशील मोर्चाका प्रकाश नेउपाने, रास्ट्रिय जनमुक्ति पार्टी जापानका पेम्बा शेर्पा र नेपाल जापान बौद्ध संघ जापानका प्रतिनधिहरूबाट शुभकामना मन्तव्य व्यत्त गरिएको थियो ।

विभिन्न संघ संस्थाबाट प्राप्त शुभकामना सन्देश महासचिवबाट जानकारी गरिएको थियो ।
 यस संस्थाकाट जापानको विगत १० वर्ष देखि निरन्तररूपमा यो दिवस भव्यताका साथ टोयोटा शहरमा मनाउदै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %