नेपाल आदिवासी जनजाति महासंघ युकेको विधानलाई अन्तिम रुप दिन र पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल गर्न तदर्थ समितिका अध्यक्ष थर्क रानाको अध्यक्षतामा अल्डरसटस्थति भेटघाट रेष्टरेण्टमा सम्पन्न भयो । भेलामा मगर संघ युके, तमू छोंज धी, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज, शेर्पा संघ, तामाङ धेदूङ युकेका प्रतिनिधिहरुको उपस्थिति थियो ।
विधानमा आदिवासी\जनजाति उत्थान राष्ट्रि्रय प्रतिष्ठान ऐन २०५८ को अनुसूची भित्र पर्ने जात\जातिहरुलाई मात्र महासंघ युकेको सदस्यता प्रदान गरिने व्ययस्था गरिएको छ । अनुसूचि भित्र सूचिकरणमा नपरेका तर आदिवासी जनजाति हौं भनेर स्वघोषणा गरी नेपाल आदिवासी जनजाति महासंघ युकेको सदस्य संगठनको लागि लिखित निवेदन परेमा महासंघको विधिवत निर्माण पछाडी छलफल गरी त्यसको टुंगो लगाउन सकिने विधान मस्यौदा समितिका संयोजक चण्डिकाराज राईले जानकारी गराए ।
महासंघको राष्ट्रि्य महाधिवेशन संघीय परिषद केन्द्रीय कार्य समिति केन्द्रीय कार्यालय सचिवालय प्रमुख अंगका रुपमा रहने व्यवस्था छ । केम्द्रीयकार्य समितिले महासंघको कामलाई सुव्यवस्थित ढंगले संचालन गर्न नियमावली बनाइ सल्लाहकार, अर्थिक, महिला, प्रचार-प्रसार, अन्तर जातीय समन्य, विदेश, बि्रटिश गोर्खाजस्ता विभागीय समितिहरुको व्यवस्था गर्न सक्नेछ ।
विधान अनुसार महासंघको राष्ट्रि्रय महाधिवेशन हरेक तीन वर्ष तथा संघीय परिषदको बैठक वर्षमा एकपटक बस्नेछ । हरेक सदस्य संगठनले पाँचजना प्रतिनिधि महाधिवेशनमा पठाउने तर केन्द्रीय कार्य समितिको उम्मेद्धार हुनुलाई संवधित संस्थाबाट सिफरिस भएको हुनुपर्नेछ । हरेक सदस्य संगठनबाट एकएक निर्वाचित र नपुग मनोनयन गरी २१ सदस्यीय केन्द्रीय कार्य समितिको गठन गरिनेछ । यसका अतिरिक्त हरेक सदस्य संगठनहरुले थप ३ जना सदस्यहरु मनोनयन गरी संघीय परिषदमा पठाउनु पर्नेछ । केन्द्रीय कार्य समिति तथा संघीय परिषद दुवै सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
बैठकले महासंघको पहिलो राष्ट्रि्रय महाधिवेशन आगामी २६ मेका दिन आसफोर्ड केन्टमा सम्पन्न गर्ने निर्णयसमेत गर्यो । महाधिवेशनको आयोजक महासंघ स्वयम् सहआयोजकमा किरात याक्थुङ चुम्लुङ युके हुनेछ । बैठकले केन्द्रीय कार्य समितिको उम्मेद्धारी शुल्क अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यको क्रमश २५०, २००, १५०, १००, ५० र २० पाउण्ड निर्धारणसमेत गरेको छ ।
धन घले, युके