नेपाल भाषाका महाकवि सम्झदै कविता पढ्दै

Read Time:2 Minute, 6 Second

नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीको ७४ औं जन्मजयन्तीका अवसरमा साहित्यक गोष्ठी सम्पन्न भएको छ । नेपाल संवत् १०५९ मा बुबा देवप्रसाद र आमा खड्गदेवी जोशीको कोखबाट जन्मनुभएका महाकविको नौ वटा कविता सङ्ग्रह, तीन वटा गीतसङ्ग्रह, दुई खण्डकाव्य तथा उपन्यास गजलसङ्ग्रह तथा भिडियो फिल्म समेत प्रकाशित छन् ।

चैत ७ गते राजधानीमा आयोजित गोष्ठीमा कथाकार मथुरा साय्मीले महाकवि गिरिजाप्रसादको व्यक्तित्व बारे प्रकाश पारेका थिए । महाकवि गिरिजाप्रसादले आफ्नो जिन्दगी नै नेपालभाषा र साहित्य सिर्जनामा समर्पित गरेको सायमीले बताए ।

गोष्ठीका संयोजक समेत रहेका भरत साःमिले महाकवि गिरिजाप्रसाद बहुमुखी प्रतिभाशाली तत्काल कविता गीत रच्नसक्ने उपन्यास सङ्गीत लेखनमा दखल व्यक्तित्व भएको उल्लेख गरे ।
 
 
कार्यक्रममा नेपा राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य, सन्ध्या टाइम्सका सम्पादक सुरेश मानन्धर, कवि राजभाई जकमी, हास्यकलाकार रामशेखर नकमी, गीतकार रामकृष्ण दुवाल, सरद कसाः, नारद वज्राचार्य, सुरवीर वज्राचार्य, शशीकला मानन्धर, गीतकार महन्तलाल मल्ल, गजलकार भुषणप्रसाद श्रेष्ठ, फणिन्द्ररत्न वज्राचार्य, भगतदास श्रेष्ठ, रस्मी नापित, केदार सितु, सुदन खुसः, हरि स्यस्यः, किरण साय्मीलगायतले महाकविद्वारा लिखित कविता गीत र गजल प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %