यसरी सकियो एएफसी च्यालेन्ज कप

Read Time:3 Minute, 11 Second

राज्यसत्ता खेलकुद ब्यूरो

एएफसी च्यालेन्स कप फुटबल प्रतियोगिताको उपाधि उत्तर कोरियाले जितेको  छ । काठमाडौं दशरथ रंगशालामा चैत ६ गते भएको प्रतियोगितामा तुर्कमिनिस्तानलाई २-१ गोल अन्तरले हराउँदै उत्तरकोरियाले उपाधि हात पारेको हो । सन् २०१० भएको एएफसी च्यालेन्ज कप पनि उत्तर कोरियाले नै जितेको थियो ।

खेल सुरुवातको तीन मिनेटमै तुर्कमिनिस्तानका खेलाडी बेर्डी शमुरदोभले पहिलो गोल गरेर अग्रता लिएता पनि ३६ औँ मिनेटमा उत्तर कोरियाका खेलाडी जोङ्ग इल डवानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । ८१ आँ मिनेटमा उत्तरकोरियाली जङ्ग सोङ्गले पेनाल्टी सुटमार्फत गोल गरेर उपाधिमा कब्जा जमाउन सफल भएको हो ।

प्रतियोगिताको तेस्रो उपाधि फिलिपिन्सले हात पारेको छ । दशरथ रङ्गशालामा भएको खेलमा प्यालेस्टाइनलाई ४-३ गोल अन्तरले हराउँदै फिलिपिन्स तेस्रोस्थानमा आउन सफल भएको हो । 


विजेता टोली उत्तर कोरियाका खेलाडीहरुलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पुरस्कार वितरण गरेका छन् । गत फागुन २५ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र हल्चोकस्थित शसस्त्र प्रहरी बल एपिएफको मैदानमा जारी प्रतियोगितामा तुर्कमेनिस्तानले दोस्रो तथा फिलिपिन्सले तेस्रो स्थान हात पार्न सफल भएको हो  ।

यसअघि सन् २०१० मा श्रीलङ्कामा भएको एएफसी फुटबल प्रतियोगितामा पनि उत्तर कोरियाले तुर्कमेनिस्तानलाई ५-४ गोल अन्तरले हराएको थियो । उत्तरकोरियाका पाक नाम चोलले मोस्ट भ्यालुएवल खेलाडीको उपाधि पाए भने फिलिपिन्सका फिलिप जेम्स योङ हस्बेन्डले सर्वोत्कृष्ट गोल गर्ने खेलाडीको उपाधि पाए ।

छनौट चरण पार गरेका आठ टीमले सहभागिता जनाएको एएफसी च्यालेन्ज कपमा दक्षिण एसियाली देशहरु नेपाल भारत र माल्दिभ्स समूह चरणबाटै बाहिरिएको थियो । नेपाल र भारतले पुरै खेलमा एक गोल पनि गर्न सकेनन् ।

प्रतियोगिताको मौका पारेर नेपालले करोडौं भौतिक पूर्वाधर निर्माण गर्ने अवसर भने प्राप्त गर्यो । करिब ५ करोडको भौतिक पूर्वाधार चीन सरकारले सहयोग गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %