
इची केन स्थित मिकावा टोयोटा को एक नेपाली रेस्टुरेन्ट को सभा कक्ष्य मा थकाली सेवा समति टोकाई जापान ले फागु पुर्णिमा (तोरण ल्हा ) कार्यक्रम भब्य रुप मा मनाए । कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जापान का सहअध्यक्ष जिग्मे शेर्पा थिए । प्रमुख अतिथि शेर्पाले आदिवासी जनजाती हरुको हरेक पर्बहरुको संरकक्षण सरकारी तहबाट हुनुपर्नेमा जोड दिएका थिए ।
अतिथिहरुमा नेपाल मगर संघ टोकाई जापान का श्याम राना मगर, शेर्पा संघ जापान का पासाङ्ग शेर्पा लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु थिए । कार्यक्रम संचालन थ.से.स. टोकाई जापान का सचिव योगेन्द्र शेरचनले गरेका थिए र सभापतित्वो समितिका अध्यक्ष चन्द्र शेरचन ले गरे ।
थकाली जातिको परम्परा अनुसार कन्या केटि मन शेरचन र कुवर केटा प्रकाश तुलाचन ले पूजा पाठ गरेका थिए । कार्यक्रम को बारेमा समितिका सल्लाहकार बिरेन्द्र शेरचनले पार्नुसम्म प्रस्ट परेका थिए, मन्चमा आसिन सबैले कार्यक्रम को पूर्ण सफलताको सुभकामना मंत्यब्ये दिए ।
सभापति शेरचनले धन्नेवाद दिदै कार्यक्रमको पहिलो चरणको समापन गरेका थिए । दोश्रो चरणमा प्रवेश गर्दै स्थानीय चर्चित कलाकारहरुले नेपाली लोक भाका तथा विभिन्न गित संगीत संगै नाच गान गरि रमाइलो गरेका थिए ।
श्याम राना मगर, आइची जापान