थापालाई हङकङ सरकारले दियो जिम्मेवारी

Read Time:2 Minute, 44 Second
 थापा, माथि डिएभीका उपाध्यक्ष (बाँया ) र वाइचिमोङका डिष्ट्रिक काउन्सलर (दाँया ) संग  तल सभामुखसंग 
 
आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमवी थापा मगरलाई हङकङ सरकारको जिल्लास्तरिय एउटा वर्किङ कमिटी सदस्यमा चयन गरिएकोछ । ८ मार्चका दिन फोनबाट यो सुखद समाचार सम्बन्धित निकायले सुनाएको थापाले बताए । हङकङ सरकारकाले एथ्निक समूदायका बहुसंख्यक बसोवास गर्ने स्थल जोर्डन याउमातेई क्षेत्रमा ति समूदायका समस्या र गुनासा सुन्न भनि एथ्निक अफेयर्स अफ याउचिमोङ डिष्ट्रिक काउन्सिल स्थापना गरि काम गरिरहेकोछ । त्यहि कमिटीमा नेपाली समूदायको तर्फबाट एमवीलाई चुनिएको हो । 
नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकन समूदायका ब्यक्तिलाई यो समितिमा चयन गरिन्छ । यस अघि यस समितिमा नेपाली समूदायबाट पत्रकार कुलप्रसाद गुरुङ र समाजसेवी डेनी थापा मगरलाई चुनिएकोथियो। कुल प्रसाद लगातार ३ बर्ष यस पदमा बसेर काम गरेकाहुन् । उनीहरुको कार्यकाल सकिएपछि नयाँ कार्यसमितिमा एमवी चुनिएकाहुन् ।
 अर्को एक जना चुनिन बाँकी छ । स«ोतका भनाईमा अर्को सदस्य पदका लागि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापाको नाम निश्चित जस्तै भएकोथियो । तर प्रदिपका अनुसार, अझसम्म उनलाई फोन गरेर जानकारी गराइएकोछैन ।
 केहि समययता हङकङमा सामिाजक कार्यमा अत्यन्त सक्रिय देखिएका एमवीलाई यत्रो गहन जिम्मेवारी दिइएकोमा उनी खुशी संगै जिम्मेवारी बढेको बताउछन् । उनी भन्छन्, एथ्निक समूदायका निम्ति गर्न धेरै छ । अब सरकारको यो विश्वासलाई कायम राख्दै राम्रो काम गरेर देखाउनेछु । 
नेपाली सोसल सर्विसका अध्यक्ष र हङकङको ठूलो दल डिएवीका भोटिङ मेम्बर तथा सोही दलको एथ्निक कमिटी सदस्य पनि हुन् । थापा मगरसंघ हङकङका निर्तमान अध्यक्षका साथै लुम्विनी मन्च हङकङका पनि निवर्तमान अध्यक्ष हुन् ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %