एएफसी च्यालेन्ज कपको तयारी पुरा

Read Time:1 Minute, 16 Second

फाइल तस्विर

नेपालले पहिलोपटक आयोजना गरेको एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङघ एन्फाले जनाएको छ । फागुन २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष गणेश थापाले यस्तो जानकारी दिएका हुन ।
 
प्रतियोगिता फागुन २५ देखि ६ गतेसम्म साचालन हुनेछ । प्रतियोगितामा नेपाल, प्यालेस्टाइन, माल्दिभ्स, तुर्कमिनिस्तान, फिलिपिन्स, भारत, ताजकिस्तान र उत्तरकोरियाले प्रतिपस्र्धा गर्दैछ ।

करिब रु ६ करोड ८५ लाख ६१ हजार खर्च लाग्ने प्रतियोगितामा दर्शकको सुविधा तथा सुरक्षाका लागि निकै कडाई गरिने भएको छ ।  खेल हेर्न जाने दर्शकले पानीको बोतल, हेल्मेट, छाता, सलाई, लाइटर तथा प्रज्वलनसील पदार्थहरु लैजान निषेध गरिएको थापाले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %