फाल्गुन १५ गते मगर दिवस

 त्रिलोक सिँह थापा मगर
 आजका दिन मगर जनजातीको दिन हो ।
 १५ गते मगर दिवस मगरातको दिन हो ।
 आजकै दिन मगरहरुले पि्रती गाँसेका थिए । 
 आ-आपस्तमा माया साटा साट साटेका थिए ।
 हाते मालो गरेर बन्धनमा बाँधेका थिए ।
 आजको दिन मगरहरुको एकताको दिन हो ।
 १५ गते मगर दिवस मगरातको दिन हो ।
 आजको दिन मगरहरुको उत्सवको दिन हो ।
 मगराती रीति थिती परम्परा जोगाउने दिन हो ।
 सुख दुःख गहभरी आँशु मुस्कानको दिन हो ।
 मगरहरुको हक हित अधिकार को दिन हो ।
 आजको दिन मगर जनजातिको दिन हो ।
 १५ गते मगर दिवस मगरातको दिन हो ।
 खबरदार सोझा सिधा मगरहरुलाई नजिस्काउनु
 मगरातीहरुलाई नविच्काउनु नघचघच्याउनु
 मगर जागे भने धरतीमा भुइँचालो आउने छ ।
 सारा भूमण्डल झरझर झर्न थाल्ने छन ।
 ब्रह्माण्डका जिउ जन्तुहरु कम्प कम्प कम्पन थाल्ने छन् ।
 शान्तीका प्रतीक मगरहरुको मिलनको दिन हो ।
 १५ गते मगर दिवस मगरातको दिन हो ।
 आजको दिन मगरहरुको दिन हो ।
 खबरदार हाम्रो बन्धनलाई फुटाउन न खोज्नु ।
 हामीले गाँसेको पि्रतीलाई छुट्याउन नखोज्नु ।
 आजको दिन हाम्रो प्यार प्रेम मायाको दिन हो ।
 आजको दिन मगरहरुको भ्यालाइनटाइनको दिन हो ।
 १५ गते मगर दिवस मगरातको दिन हो ।
 आजको दिन मगर जनजातीको दिन हो ।
