सातौं राष्ट्रिय खेलकुद पूर्वान्चलमा

Read Time:1 Minute, 3 Second


आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वान्चल विकास क्षेत्रमामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको फागुन १८ गते सम्पन्न वैठकले यस्तो निर्णय गरेको युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामिले जानकारी दिए । सुदुरपश्चिमान्लमा जारी छैठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय झण्डा पूवान्चललाई हस्तान्तरण गरेर यसलाई औपचारिकता दिइने छ ।

विभिन्न भागमा प्रतियोगिता आयोजना गर्दा देशव्यापी रुपमा भौतिक पूर्वाधार निर्माण हुने अछामीको भनाई छ । सातौं खेलकुद प्रतियोगिताका लागि निर्धारित मिति भन्दा पहिला नै तयारी शुरु गरिने पनि उनले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %