सामुहिक लगानीबारे अन्र्तक्रिया गर्न एनआरएन टोली दुवई जाँदै

Read Time:2 Minute, 21 Second

यूएई
गत अक्टोवरमा सम्पन्न एनआरएनको पाँचौ सम्मेलनमा तय गरिएको नेपालमा सामुहिक लगानीको अवधारणा अन्तर्गत आउदो मार्च ९ तारिख २०१२ का दिन मध्यपूर्वको यूएईमा सामुहिक लागनीबारे अन्र्तक्रृया कार्यक्रम सम्पन्न हुने भएको छ । । एनआरएनए एनसीसी यूएईको आयोजनामा हुन लागेको उक्त अन्र्तक्रृया कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष जिवा लामिछानेको उपस्थितिमा आईसीसीका अन्य पदाधिकारीहरुको साथै गल्फ संयोजक तथा उपसंयोजक, आईसीसी सदस्यहरु यूएईमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायत यूएईका व्यवसायिहरुको उपस्थित रहने जनाइएको छ । दुवईको एभरेष्ट होटलमा आयोजना गर्न लागिएको उक्त अन्र्तक्रृया कार्यक्रममा नेपालमा सामुहिक लगानीबारेको अवधारणा पत्र प्रस्तुत गरिने जनाईएको छ । सरकारले आगामी बर्ष २०१२–२०१३ लाई लगानीको बर्ष घोषणा गरेलगत्तै सामुहिक लगानीबारे विभिन्न क्षेत्रहरुमा बहस सुरु भईसकेको छ ।

सामुहिक लगानीका अगुवा तथा एनआरएन आईसी सीका अध्यक्ष जिवा लामिछाने यसै विषयमा छलफल गर्न यूरोपका विभिन्न देशहरुमा पुगीसकेका छन् । सरकारले एनआरएनलाई १०० मेघावट सम्मको उर्जा विकासमा लगानी गर्न सक्ने नियम बनाएपछि विभिन्न देशमा रहेका एनआरएनहारु उक्त उर्जा विकासमा लगानी गर्नकोलागि उत्सुकता जगाएको देखिएका छन् । व्यवसायीहरु भन्दा पनि रोजिरोटीकालागि आएका एनआरएनहरुको ठुलो वाहुल्यता रहेको मध्यपूर्वमा सामुहिक लगानीबारे स्पष्ट पार्नुपर्ने देखिएको छ । थोरै लगानी पनि गर्न सकिने र त्यसबाट भविष्यमा फाईदा हुने वातावरण भएमा मध्यपूर्वका एनआरएनहरुबाट ठुलो मात्रमा पुंजी एकिकृत हुने देखिएको छ ।   
खेमनाथ पौडेल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %