२६ फेव्रुवरी हंगकंग,
शान्तिका अग्रदुत महामानव बुद्धको शान्तिको उपदेशले नै विश्वमा शान्ति ल्याउने विश्वासका साथ धर्म गुरुहरुबाट शान्तिको कामना गर्दै याउ मा तेइ कम्युनिटी सेन्टर हलमा हंगकंग उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरको आयोजनामा विश्व शान्ति पूजा सम्पन्न भएको छ । अध्यक्ष कमला गुरुङको सभापतित्वमा धर्मगुरु खेन्पो ङवाङ थेग्क्षोग्ले कार्यक्रम सञ्चालन गरेकाथिए ।
प्रमुख अतिथि तथा प्रमुख धर्मगुरु खेन्पो साङग्य राङज्युङ रिन्पोछेले प्रवचन दिदै बौद्ध धर्म र बाङको बारेमा चर्चा गरेकाथिए । विशेष अतिथिहरुमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष एम बि थापा मगर, एनआरएनका अध्यक्ष दुर्गा गुरुङ थिए । अन्य अतिथिहरुमा मगर संघ हंगकंगमा अध्यक्ष चन्द्र ज्योति आले मगर, लानताउ आइल्याण्डका डिष्ट्रिक काउन्सिलर एन्डी लो लगायत रहेका थिए ।
बुद्धिष्ट सेन्टरलाई सहयोग पुर्याउने ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरीएको थियो । त्यस्तै आजिबन सदस्यहरुलाई पनि प्रमाण प्रदान गरीएको थियो । लामाहरुद्धारा बज्र नृत्य र सिंह नृत्य पनि प्रस्तुत गरीएको थियो ।
विस्तृत फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुस्
भीम थापा मगर