मिस मंगोलको ताज मगर्नीको शिरमा

Read Time:2 Minute, 12 Second

यस वर्षको मिस मंगोलको ताज सपना रोका मगरले पहिरिएकी छन् । काठमाडौंमा फागुन १३ गते भएको प्रतिष्पर्धामा बाग्लुङकी सपनाले उपाधि हात पारेकी हुन । ३१ प्रतिस्पर्धीलाई पछार्न सफल उनले साढे सत्र तोला चाँदी र २३० पत्थर जडित ताज  जित्न सफल भईन । एयर होस्टेस बन्ने लक्ष्य बोकेकी सपनाले रु. ३० हजार नगद समेत प्राप्त गरेकी छन् ।

 

फोटो साभार कान्तिपुर

अन्तिम चरणमा पाँच प्रतिस्पर्धीलाई ‘असल कि सफल महिला बन्ने ?’ भन्ने प्रश्न सोधिएको थियो । त्यसमा ‘असल मान्छेबाटै सफल बन्न सकिन्छ’ भन्ने जवाफले सपनालाई यो सफलता दिलाएको हो । २४ वर्षीय सपनाले धैर्यता र विचार गरेर मात्रै निर्णय लिने क्षमतालाई सफलताको द्योतक मान्छिन् ।

एक्सन इन्टरटेन्टमेनद्वारा आयोजित प्रतियोगितामा तेह्रथुमकी १९ वर्षीय नुमा कन्दङ्वा लिम्बु फस्ट रनरअप र भोजपुरकी उषा राई सेकेन्ड रनरअप भएकी छन् । लिम्बुले ताज सहित रु. २० हजार र राईले ताज सहित रु. १० हजार नगद हात पारेका छन् ।

यसैगरी सिर्जना राई मिस पन्च्यूल, कर्मा डोल्मा गुरुङ बेस्ट हेयर, शारदा तामाङ मिस डिसिप्लिन, सुस्मिता कायस्थ मिस पब्लिक च्वाईस, रस्मिता लामा मिस स्माइल, श्रदा काम्बाङ बेस्ट स्किन र मिस ट्यालेन्ट भएका छन् ।

कार्यक्रममा गायक यम बराल, निर्णय श्रेष्ठ, विजय सैंजु, हेयर स्टाइलिस्ट जयन सुब्बा, नील डेबिड कट्वाल र नायिक संयुक्ता राणाले निर्णायक रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %