सिमरा गोल्डपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मर्याङ्दीले जितेको छ । सिमरामा फागुन १३ गते भएको खेलमा पोखराको सहारा क्लबलाई १-० ले पराजित गरेर मनाङले उपाधि कब्जा गरेको हो । मनाङका लागि अन्तिम समयमा सुलभ मास्केले निर्णायक गोल गरेका थिए ।
उपाधि विजेता मनाङले रु. ३ लाख र उपविजेता सहाराले रु. १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी घोषित सहारका विसन गौचनले रु. २५ हजार र बढी गोलकर्ता आरसीटीका अमर डंगोलले रु .१५ हजार नगद हात पारेका छन् ।