एनआरएन हंगकंग र चेम्वस्र अफ कमस्रको सयुक्त आयोजनामा चीनका लागि नेपाली राजदूत डा। महेशकुमार मास्केलाई कंगन रेष्टूरेण्टमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । १७ फेव्रुवरीमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व मास्केले आफू नयाँ भएकाले कम बोल्ने तर सकेको सबै काम गर्न तयार भएको धारणा राखे । बोलेर भन्दा काम गररै देखाउने वचनवद्धता जाहेर गरे ।
कार्यक्रमका अतिथिहरुमा आईसीसी तथा निवर्तमान अध्यक्ष त्रिलोक गुरुङ, नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, आईसीसी कृष्ण पाण्डे हिन्सका अध्यक्ष बुद्धिबहादुर थापा रहेका थिए ।
अध्यक्ष गुरुङले समापन सम्बोधनको क्रममा २०१२ नेपालको लगानी बर्ष भएकोले केन्द्रिय अध्यक्ष जिवा लामिछानेले यूरोप भ्रमण गरी एनआरएनको तर्पुबाट लगानी गर्न रु ५ अरब संकलन गरी सकेको जानकारी गराएका थिए । हंगकंगमा पनि मार्च २४ मा लगानी गर्न इच्छुकहरुको लागि विशेष कार्यक्रम राखिएको र यो कुरा मिडिया मार्पुत सवै हंगकंगवासी सर्वसाधारणमा पुगोस भन्ने कामना गरेको भनेका थिए । लगानी गर्नको लागि सानो रकम भए पनि गरौ यो थोपा थोपा पानी मिलेर नदी बने जस्तै हो भनी हाइड्रो इलेक्टीसीटी र फास्ट ट्रयाकमा लगानी गर्ने हो भन्दै सवैलाई आह्वान गरेका थिए ।
तस्विर: भीम थापा मगर
अहिलेसम्म एनआरएनहरुले जुन तरीकाले लगानी गर्ने भनेर नेपालमा भनेका थिए त्यो अनुसार काम नभएको भन्दै नेपाल सरकार र उद्योग ब्यवसायीहरुको तर्पुबाट भने लगानीको बारेमा आलोचना भइरहेको छ ।
दुवै संस्थाका अध्यक्ष दुर्गा गुरुङ र जेएन ज्ञावली अध्यक्षको रुपमा रहेका थए । सचिब मिन गुरुङको साचालनमा उपाध्यक्ष डा. शर्मिला गुरुङले स्वागत मन्तब्य दिएकी थिइन ।
थप फोटोहरु यहाँ छन ।
भीम थापा मगर