प्रहरीद्धारा पाँच अपराधी पक्राउ

Read Time:1 Minute, 53 Second

जनकपुरधाम, ५ कात्तिक 

अपहरणपछि कर्तव्य गरी ज्यान मार्ने, अपहरण तथा शरीर बन्धक बनाउने र हातहतियार खरखजाना घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुहवी गाविस–८ का लक्ष्मेश्वर यादवका छोरा वर्ष पाँचका दीपेशकुमार यादवलाई अपहरणपछि कर्तव्य गरी हत्या गर्ने घटनामा संलग्न रामदेव मुखिया र रामबाबु यादव पक्राउ परेका हुन् ।

    आसमा नामक संस्थामा जागिर नदिएका कारणले सोही रिसइबीले लक्ष्मेश्वर यादवका छोरोको हत्या गरिएको बुझिएको छ ।

    त्यस्तै, दुवरकोट हथलेट्का वडा नं २ का वर्ष ५१ का श्यामसुन्दर मण्डललाई सुतेको अवस्थामा अपहरण गरी भारतको अज्ञात ठाउँमा लुकाई राख्ने घटनामा संलग्न बल्दा सघाराका लुबरा कवाडी भन्ने नइम कवाडीलाई पनि पक्राउ गरिएको छ ।

    यसैगरी लेनदेनका कारण मखनाहा गाविस–३ का जीतनारायण मण्डलका छोरा ६ वर्षीय अर्जुनकुमार मण्डललाई अपहरण गर्ने कार्यमा संलग्न धनीलाल महतो पनि पक्राउ परेका छन् ।

    त्यस्तै कजरा रमौल गाविस–९ इनर्वा गाउँमा कटुवा पेस्तोल बोकी हिँडिरहेको अवस्थामा गोविन्दपुर–१ का राजकुमार महरालाई समेत पक्राउ गरिएको छ ।

    पाँचैजनालाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %