बाँकेमा नेपाल–भारत सीमा नाका सिल

Read Time:1 Minute, 30 Second

नेपालगन्ज ५ कात्तिक 

भारतको उत्तर प्रदेशमा हुन लागेको जिल्ला र ग्राम पञ्चायत स्तरीय चुनावलाई मध्यनजर गर्दै बिहीबार साँझदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको  छ ।

शान्तिसुरक्षा कायम र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमामा सुरक्षा व्यवस्था कडा पारिएकोमा साँझ ५ बजेबाट नै तगारा राखेर नाकामा सिल गरिएको  हो ।

एसएसवीले सीमा नाकामा केही दिनयतादेखि नै मानिस तथा सवारीसाधन आवातजावतमा कडा तलासी गर्दै आएको छ ।

तेस्रो चरणअन्तर्गत बिहान ७ बजेदेखि बहराइच, श्रावस्तीलगायतका जिल्लामा गाउँ पञ्चायत, क्षेत्र र जिल्ला पञ्चायतको चुनाव हुँदैछ । ५ करोड ७९ लाख मतदाताले मतदान गर्ने छन् ।

हिजो बिहानैदेखि आवागमनमा रोक लगाएको भारतीय सुरक्षाकर्मीले साँझबाट कसैलाई पनि नाका छिर्न दिएको छैन ।

नेपाल–भारत सीमा नाकामा आज साँझ ५ बजेसम्मका लागि नाका सिल गरिएकोे रुपैडियास्थित एसएसवीका सहायक सेनानायक चन्द्रपालसिंह राठौरले बताए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %