उत्तम मगरको स्वरमा रहेको  ‘आँखामा तिमी’ सार्वजनिक ( भिडियो )

Read Time:1 Minute, 56 Second

सामुल कैनी

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको  गीत ‘आँखामा तिमी’ को  म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको गहिरो भावनालाई समेटिएको यस गीतमा रामकुमार रिमालको शब्द तथा संगीत रहेको छ।


गीतमा प्रेमीले आफ्नो प्रिय व्यक्तिलाई जीवनको अभिन्न हिस्सा मानेको भाव व्यक्त गरिएको छ। प्रिय व्यक्ति सधैँ मन र आँखामा रहने अनुभूति गीतका शब्दमार्फत प्रस्तुत गरिएको छ। प्रेममा हुने आत्मीयता, विछोडको पीडा र एकअर्काप्रतिको समर्पणलाई गीतले भावनात्मक रूपमा अभिव्यक्त गरेको छ।

गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन्।

मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा डोना थापा मगर, देवी थापा मगर र सरिता मगरको अभिनय  रहेको छ ।  भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन्। मनोज कार्कीले सम्पादन तथा कलर संयोजन गरेको भिडियोको प्रोडक्सन म्यानेजर मिलन कटवाल हुन्।

म्युजिक भिडियो गायक मगरको युट्युव च्यानल “उत्तम मगर” मार्फत सार्वजनिक भएको हो ।  गीतको अडियो तथा भिडियोलाई दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

भिडियो लिंक: https://youtu.be/ym66lWs5vSM?si=mvDtGoZbi6l1HOeO

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *