हंगकंग
मगर महिला संघ हंगकंगले संघको कार्यलयमा तेस्रो अधिबेशन सम्पन्न गरी अध्यक्ष उर्मिला आले मगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । हाल यू. के. मगर महिला संघकी कोषाध्यक्ष तथा मगर संघ हंगकंगकी पूर्व सदस्य साथै मगर महिला संघ हंगकंगकी पूर्व उपाध्यक्ष समेत रहेकी अनिता राना मगरको प्रमुख आतिथ्यमा तथा मगर संघ हंगकंगका महिला बिभाग प्रमुख शिला राना मगरको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
त्यस्तै गरेर उपाध्यक्षमा जमुना श्रीस मगर, सचिबमा कविता थापा मगर, कोषाध्यक्षमा चित्रकला थापा मगर तथा सदस्यहरुमा मधुु थापा मगर, कुमारी लुंगेली मगर, सीता बुढाथोकी मगर, बासुकी राना मगर, सीता थापा मगर, सरमाया पुन मगर, सरिता थापा मगर रहेकी छिन । सल्लाहकारहरुमा सुनिता राना मगर, आसा पुन मगर र राधिका गलामी मगरलाई मनोनयन गरीएको छ ।
विशेष अतिथिमा मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगर थिइन ।
भिम थापा मगर