डिएभी एथ्निक कम्यूनिटीको ज्ञापनपत्र डिएभीकै नेतालाई

Read Time:3 Minute, 31 Second

१० फ्रेबुअरी, हङकङ
डिएभी पार्टी हङकङको एथ्निक मायनोरिटिज कमिटीको अध्यक्ष अल्बर्ट लामको अगुवाईमा यहाँका एथ्निक कम्यूनिटीज नेताहरुले ८ तारेखका दिन सभासद तथा लेजिस्लेटिभ काउन्सलरको शिक्षा डेस्क इन्चार्ज स्टारली वाई किङ लगायतका टोलीलाई ज्ञापनपत्र बुझायो । डिएभी सम्बद्ध नेपाली, भारतीय, श्रीलंका, पाकिस्तान, चिनिया, वंगलादेशी नेताहरुको कार्यक्रममा सहभागिता थियो ।

 ज्ञापनपत्र एथ्निक समूदायका बच्चाको शिक्षाको निम्ति बुझाइएको बताइएतापनि कार्यक्रममा बिज्ञप्ति वितरण गरिएको थिएन । कार्यक्रममा सहभागी सामूदायिक नेताहरुलाई समेत त्यस्तो विज्ञप्ति दिइएको थिएन । धेरैलाई आकस्मिक रुपमा आफ्नो दल डिएभीले यस्तो ज्ञापनपत्र किन दिदैंछ भन्ने ठोस जानकारी समेत थिएन ।
एक जना सहभागीको भनाईमा सधैं एथ्निक मायनोरिटिज समूदायका बच्चाका लागि शिक्षामा विशेष ब्यवस्था गर्ने हङकङ सरकारले यसपटकको बजेटमा त्यस्तो विशेष ब्यवस्था गरेकोछैन । गत बर्षको बजेटमा करिब १६ मिलियन बजेट विभिन्न शिर्षकमा एथ्निक मायनोरिटिजका निम्ति छुट्टयाइएकोथियो । त्यो बजेट विभिन्न एनजिओ र विद्यालय मार्फत लक्षित वर्गमा पुर्याइएकोथियो । यस बर्ष थप बजेटको अपेक्षा गरिएकोथियो । नेपाली समूदायका निम्ति सरकारबाट बजेट ल्याई काम गरिरहेका हिन्सका अध्यक्ष बुद्धि बहादुर थापाका अनुसार, यस बर्षको बजेटमा एथ्निक मायनोरिटिजका निम्ति बजेट विनियोजन गरिएकोछैन ।
एक पाकिस्तानी सहभागी साउती गर्दे थिए,  डिएभी नै हङकङ सरकारको प्रमुख दल हो । यदि त्यसरी एथ्निक समूदायलाई विशेष ब्यवस्थामा गरिएको बजेट यसपटक कटौती भएकोछ भने त्यसको जिम्मेवार उ स्वंय पनि हो । कतै यो विरोधको कार्यक्रम ‘म पिटे जस्तो जस्तो गर्छु तँ रोए जस्तो गर’ भन्न आयोजन गरिएको त होइन ? भनेर कटाक्ष पनि ब्यक्त गरेकाथिए ।

ज्ञापनपत्र बुझेपछि सम्बोधन गर्दे स्टारली तथा डिएभी अध्यक्ष

 अलवर्ट लाम सहितको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्न स्टारली सहित डिएभी अध्यक्ष तामयूचुङ पनि लेजिस्लेटिभ काउन्सिलको भवनबाट बाहिर निस्किएकाथिए । ज्ञापनपत्र डिएभीकै उपाध्यक्ष समेत रहेकि ली ले बुझेकि थिइन । उनले त्यसरी ज्ञापनपत्र बुझेपछि सरकार इक्योल अर्पुचुनिटिज कमिटी मार्फत एथ्निक कम्यूनिटीजका बच्चालाई मूलधारमा समाहित गर्न लागिपरेको बताएकि थिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %