कङयूर महापूजा गर्न ४ लाख डलर खर्च हुने

Read Time:4 Minute, 29 Second

हंगकंग ७ फेव्रुवरी
  विश्व शान्तिको लागि कङयूर महापूजा शुरु भएको छ । ३० जना धर्म गुरुहरुले शान्तिको कामना गर्दै नमो बुद्ध धर्म सेन्टरमा पूजा शुरु गरे । ३० जना धर्म गुरुमध्ये २६ जना नेपालबाट आएका र ४ जना स्थानिय गुरुहरु रहेकाछन । यो पूजा सफल पार्नको लागि आयोजक नमो बुद्ध आमा समूहका अध्यक्ष तथा कार्यक्रमका सभापति पदम कुमारी गुरुङले चार लाख हंगकंग डलर  (करिब ४० लाख नेपाली ) को बजेट चाहिने जानकारी गराउदै सहयोग गर्न सवैलाई अनुरोध गरेकी थिइन ।

कार्यक्रम उद्घाटन गर्दे महाबाणिज्यदुत उपाध्याय
 कार्यक्रममा  एनआरएन निबर्तमान अध्यक्ष तथा आइसीसी त्रिलोक गुरुङले ५५५५ डलर, एनआरएन अध्यक्ष दुर्गा गुरुङ १००१ डलर, कंगन रेष्टरेण्टका प्रोप्राइटर कमल पौडेलले ५००० डलर तथा सवै गुरुहरुलाई १२ फेव्रवरीका दिन विहानको खानाको ब्यवस्था, फिसटेल ट्राभल्सका प्रोप्राइटर तथा एनआरएन आइसीसी कृष्ण पाण्डे १००० डलर, तमु ट्यो ह्यूलका पूर्व कोषाध्यक्ष असोक गुरुङ ५००० डलर, तमु ट्यो ह्यूलका अध्यक्ष अर्जन गुरुङ ११०० डलर, मगर संघ हंगकंगका अध्यक्ष चन्द्र ज्योति आले मगर ५०० डलर,मितेरी समाजका उपाध्यक्ष रक्षा गुरुङले त्यसैबेला ५०० संखुवासभाका अध्यक्ष लाल बहादुर गुरुङ ११०० डलर, भुपा देउरालीका अध्यक्ष पदम बहादुर गुरुङ ५००० डलर, सोपाल समाजका अध्यक्ष धर्म कुमार गुरुङ ११०० डलर, भारतीय भूपू सैनिकका अध्यक्ष जंग बहादुर गुरुङ १००१ डलर, जनसम्पर्क सेवा समितिका राम गुरुङ १००० डलर, नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर र महासविच रीता गुरुङद्धारा २००० डलर बरावरको समान सहयोगको घोषणाा गरिएकोथियो ।   

प्रमुख आतिथ्य ग्रहण गर्दै महाबाणिज्यदूत बिनोद कुमार उपाध्यले यो काम एकदमै राम्रो र सराहनिय रहेको  बताउदै विश्वमा र विशेष गरेर नेपालमा शान्ति छाओस भनी मन्तब्य दिएका थिए । उपाध्यक्ष राधिका (टिका) गुरुङले स्वागत मन्तब्य दिदै कङयूर महापूजा सम्पन्न गर्नको लागि सहयोगको लागि अनुरोध गरेकि थिइन । सचिब रेनुका गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
विशेष ब्यक्तित्व तथा प्रमुख धर्म गुरु पाचौं औतार चुबसङ रिन्पोछेले  हंगकंग जस्तो ठाउमा यस्तो कार्य गरेकोले नमो बुद्ध आमा समूहलाई धन्यवाद दिएका थिए । मानव जिवन र बुद्धको सिद्धान्त र धर्मलाई राम्ररी बुझेको हुनाले नै यस्तो महापूजा गर्न सफल भएको बताएका थिए । अन्य अतिथिहरुमा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 ७ फेवुअरीबाट शुरु भएको कार्यक्रम यस प्रकार रहेको छ ।
 
— ८ फेवु्रवरी देखि १७ फेव्रुवरी २०१२, विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कङयूर महापूजा तथा अन्य पूजाहरु ।
— १८ फेव्रुवरी २०१२ मा गोल्डकोष्ट विचमा बिहान ९ बजे छेत्र माछा छाड्ने र ग्यब्सी ग्रह शान्ति पूजा ।
— १९ फेवु्रवरी २०१२ मा याउ मा तेइ कम्यूनिटी सेन्टरमा दिउसो ३ बजेदेखि बेलुका १० बजेसम्म रिन्पोछे गुरुवाट वाङ अभिषेक कार्यक्रम तथा कङयूर महापूजा समापन

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %