काठमाडौँ, ५ कात्तिक
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलले राजनीतिक सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् ।
साङ्घाई एक्स्पो–२०१० को समापन समारोहमा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘यो प्रयास सकारात्मक दिशातिर अघि बढिरहेको छ, फर्केपछि यसले निरन्तरता पाउनेछ ।
सात सदस्यीय कार्यदलको संयोजक समेत रहनुभएका अध्यक्ष प्रचण्डले सहमति खोज्नेबारे प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि पटकपटक कुराकानी हँुदै आएको जानकारी दिए ।
चीन सरकारले साङ्घाई एक्स्पोमा भाग लिन पहिले नै निमन्त्रणा गरेको भए पनि विशेष कारणवस जान नपाएकाले यसपालि देशको राजनीतिक अवस्था जटिल हुँदाहुँदै एक्स्पोको समापन समारोहमा जानैपरेको बताउँदै उहाँले यो आप्mनो नितान्त गैरराजनीतिक भ्रमण हो भने । तर चीनमा रहँदा त्यहाँका नेता, उच्चस्तरीय सरकारी अधिकारी र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रतिनिधिहरूसँग विभिन्न विषयमा कुराकानी हुनसक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
उनले साङ्घाईमा आयोजित एक कार्यक्रममा मन्तव्य दिने र सोही अवसरमा अन्तर्राष्ट्रियस्तरको पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाओवादी स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले चीनको साताव्यापी भ्रमण सकी हिजो फर्केको जनमुक्ति सेना नेपालका सैन्य कमाण्डरहरूको भ्रमण र आप्mनो भ्रमणबीच कुनै तादात्म्यता नभएको स्पष्ट पारे । उनी चाइना एयरको विमानबाट बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने भनिए पनि विशेष कारणले ढिलाई भएकाले दिउँसो १२ः१० तिर प्रस्थान गरेका छन् । भ्रमण टोलीमा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य अग्निप्रसाद सापकोटा र स्वकीय सहयोगी समीर दाहाल रहेका छन् । उनी यही कात्तिक ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
रासस