जनजाति महासंघ बेलायतको महाधिवेसनबारे छलफल सम्पन्न

२९ जनवरी २०१२ आइतबारका दिन बेलायतमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत द्वारा भावी महाधिवेसन लगायत बिबिध बिषयमा छलफल गरेको छ,उक्त बैठकमा आदिवासी जनजाति हरूले गुमेको हक कसरी प्राप्त गर्ने भन्ने बारेमा बिबिध वक्ता हरूले आ- आफ्नो धारणा राखेका थिए । संघका सचिव धन घले द्वारा कार्यक्रम्मा स्वागत गर्दै  महासंघको गतिविधी लगायत बैठकको  उदस्य बारे प्रकास पारेका थिए भने कोसाद्क्ष्य होम सुनुवार द्वारा संघको आय-ब्यय प्रस्तुत गरेका थिए ।

उक्त कार्य्क्रममा मगर संघ यु के पदम गाहा ,छन्त्याल समाज यु के का विर छयन्तल ,किरात याख्हाका यु के का लोभेन्द्र ,सुनुवार समाज यु के का छत्र बहादुर सुनुवार ,घले समाज यु के का धन घले अधिवक्ता चन्दिका राई ,जङ सुनुवार ,भिम बहादुर राइ ,भिम राना ,नारायन किशोर पुन ,श्री लिम्बू ,गङा देवी राई ,भारत थापा लगायतका व्यक्तित्वो हरूको उपस्थिती थियो । संघका अदक्ष्य थर्क रानाको सभापतित्वमा सन्चालित उक्त कार्यमक्रमले निर्वाचन मन्डली नियुक्ती ,महाधिवेसनको तिथी मिती ,कार्य समिति चयन जस्ता बुदा हरू पारित गरेको थियो ।