गरिमाप्रकरणमारविकिरणकोखबरदारी : ‘न्यायदबाउनेप्रयासमहँगोपर्नेछ’

Read Time:2 Minute, 34 Second

रबि किरण

काठमाडौं

आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्।

हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्।

“फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्, “गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना गर्न नपरोस्।”

उनले न्यायका लागि हुने आन्दोलनलाई केवल सम्झौता गरेर तत्काल सामसुम पार्ने प्रवृत्तिप्रति पनि सरकारलाई कडा चेतावनी दिएका छन्।

“सरकारले न्यायका लागि हुने हरेक आन्दोलन र संघर्षलाई एक थान हस्ताक्षर गरेर तत्काल सामसुम पारियो, समस्या हल भयो भन्ने कलुषित मनसाय राखेको छ भने एकैपटक विस्फोट भएको दिन अकल्पनीय परिस्थिति सिर्जना हुनेछ,” हमालले चेतावनी दिएका छन्।

हमालले गरिमाको न्यायलाई एउटा परिवारको मात्र विषय नभई राज्यको संवेदनशीलता, जवाफदेहिता र आगामी पुस्ताको सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %