इलाम ५ कात्तिक
सङ्घीय मामिला, संस्कृति, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजालले सहमतिको साझा संयन्त्रबाट मात्र बजेट ल्याउनुपर्ने बताए ।
नेपाल प्रेस युनियन इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रिजालले अहिलेको परिस्थितिमा कुनै पनि हालतमा माओवादी नेतृत्वको सरकार काँग्रेसलाई स्वीकार्य नहुने बताए ।
उहाँले भन्नुभयो– ‘हतियार र माओवादी लडाकु विशेष समितिको नियन्त्रणमा आएमात्र उसको नेतृत्व स्वीकार गर्छाैँ ।’
एमालेका प्रधानमन्त्री हटाएर एमालेकै प्रधानमन्त्री बनाउने प्रक्रियाले पार्टीभित्र फूट रहेको स्पष्ट पारेको बताउँदै मन्त्री रिजालले रामचन्द्र पौडेलको उम्मेदवारी शान्ति र संविधानको पक्षमा रहेको बताए ।
सरकारले प्रस्तुत गरेको पेश्की बजेट सकिएकाले चाँडै पूर्ण बजेट नल्याउने हो भने मुलुक ठप्प हुने उहाँको भनाइ थियो ।
रासस