हरण गरिएको निर्मल पुर्जा,MBE (निम्सदाइ)को वंशजको नेपाली नागरिकता स-सम्मान फिर्ता गरी, उहाँलाई “राष्ट्रिय विभूती घोषणा” गरियोस! – CNCBG

Read Time:3 Minute, 52 Second

राज्यसत्ता ,

बेलायत । स्वर्गिय निर्मल पुर्जा एमबीई (निम्सदाइ) विश्वसामू नेपालको शिर उच्च बनाउने एक गोर्खा तथा विश्वप्रसिद्ध आरोही हुन्। तर नेपाल सरकारले आफ्नै निर्देशनमा बेलायती सेनामा सेवा गर्न पठाएका गोर्खाहरूले बेलायतको सम्मानार्थ नागरिकता लिएबापत उसैले दिएको सहमतिको धज्जी उडाउँदै वंशजको नागरिकता त्यागी NRN बन्न वाध्य पारिएको एउटा उदाहरण पनि हुन्।

यस्ता घटनाहरू अन्य गोर्खाहरूको पनि धेरै छन्। यहाँहरूलाई थाहै भएको कुरा हो, CNCBG ले गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको मागलाई लिएर सरकारको ढोका ढक्ढक्याइरहेको छ। त्यसकारण पनि हामी निम्सदाइको हरण गरिएको “वंशजको नेपाली नागरिकता सम्मानका साथ फिर्ता गरियोस्” र उहाँलाई “राष्ट्रिय विभूति घोषणा गरियोस्” भन्ने CNCBG मागसहित ३२ औँ आदिवासी जनजाति दिवसमा र्‍याली गर्दैछौं।

“नेपाल आदिवासी जनजाति बेलायत” ले वर्षेनी “विश्व आदिवासी जनजाति दिवस” मनाउने गर्दछ। त्यसरी नै यस वर्ष पनि आउने अगस्ट ८, शनिबारको दिन विश्व आदिवासी दिवस मनाउन गइरहेको छ। उक्त दिन मूलवासीहरूको अधिकार के-के हुन्? मूलवासीहरू के-के कुरामा के कसरी अन्यायमा परेका छन् र उनीहरूले आफ्नो अधिकार प्राप्त गर्न कसरी एकजुट भएर अगाडि बढ्न सक्छन? भनेर जनचेतना फैलाउनु हो। मूलतः सबै गोर्खा (मूलवासी) हरू पनि आदिवासी जनजाति समुदायमा पर्छन्। तर बेलायतमा महासंघले मनाउने आदिवासी जनजाति दिवसमा भने आदिवासी जनजाति समुदायको त्यति चासो र प्रेरणादायी सहभागिता नरहेको विगतको अनुभवले देखाउँछ।

यहाँ अहिले चारैतिर बिदाको सिजन छ। हामी सबै आ-आफ्नो जिल्ला, गाउँ, टोल, नम्बरी भेला, पल्टनको भेला, सांस्कृतिक साँझ आदि कार्यक्रमहरूमा रमाइरहेका छौँ। एकातिर हामी व्यक्तिगत रमझमको लागि सयौँ पाउण्ड खर्च गरेर रमाइरहेका हुन्छौँ भने, अर्कोतिर हाम्रा सन्तानहरू कस्तो अवस्था र कस्तो वातावरणबाट गुज्रिरहेका छन् भन्ने कुरालाई बेवास्ता गर्दै उनीहरूको भविष्य र अधिकारका कुरा बिर्सिरहेका छौँ। हामीले अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मिहिन ढंगले हेर्दा उनीहरूको भविष्य यस्तै होला भनेर भन सकिने अवस्था छैन । त्यसैले सधैं भइरहने त्यस्ता कार्यक्रम र फजुल खर्च गर्न छोडेर आफ्ना सन्ततिहरूको भविष्यतिर पनि यसो ध्यान दिने गरौं कि!

अन्त्यमा, आफ्नो व्यक्तिगत कुराहरूलाई एकातिर पन्छाएर भए पनि एक दिनको लागि ३२औं विश्व आदिबासी उत्सवमा उपस्थित भई CNCBG को र्‍यालीमा एकताबद्ध र लामबद्ध हुन बेलायतवासी सम्पूर्णमा न्यायप्रेमी दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ। CNCBG

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %