गृहमन्त्री सुधन गुरुङसँग देवानगञ्ज घटनाका मृतक परिवार सरकारबिच ७ बुँदे सहमति (फाेटाे सहित)

Read Time:2 Minute, 28 Second

पूर्ण बहादुर राना,

काठमाण्डौं, श्रावण १५, २०८३ । गृहमन्त्री सुधन गुरुङसँग सुनसरी जिल्लाकाे देवानगञ्ज गाउँपालिका घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । घटना घटेकाे पाँचदिन पछि सरकारले मृतकलाई सहिद घोषणा गर्ने परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने प्रतिबद्धता जनाएको छ । र दोषीमाथि कानुनी कारबाही गर्ने भएको छ।

साे घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता छन् । मृतकका परिवार तथा गृह मन्त्रालयबीच बिहीबार मध्यराति गृहमन्त्री गुरुङको उपस्थितिमा औपचारिक सम्झौता भएको हो । पीडित पक्षले उठाएका विभिन्न माग सम्बोधन गर्ने प्रतिबद्धता सहमतिमार्फत् सरकारले जनाएको छ ।

सहमति अनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरिने जनाएको छ । दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ ।

सरकार र मृतक परिवारबिच भएको सहमति अनुसार मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय सहमतिमा समेटिएको छ । सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक तथा जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्तिम दाहसंस्कार कार्यक्रम आज दिउँसो २ बजे गरिने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %