जनजाति पत्रकारलाई कुन्दा दिक्षितको प्रवचन

Read Time:3 Minute, 9 Second

३० जनवरी हंगकंग
 आदिवासी जनजाति पत्रकार महासंघ हंगकंगको आयोजनामा ३ दिने पत्रकारिता कार्यशालामा भाग लिएका पत्रकारहरुलाई बरिष्ठ पत्रकार कुन्दा दिक्षितले प्रमाणपत्र वितरण गरे ।

नेपालविज्ञ जोन ह्वेल्टन र कुन्दा दिक्षित साथमा

अनिज नेपालका संस्थापक सदस्य तथा बरिष्ट पत्रकार जेवि पुन मगरले १४, १५ र १६ जनवरी २०१२ का दिन यहाँ स्थित पत्रकार र संस्थाका प्रमुखहरुलाई पत्रकारिता सम्बन्धि प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३६ जनाको सहभागीता रहेको थियो ।  

प्रशिक्षार्थीहरुलाई ३० जनवरीका दिन हिन्सको कार्यलय याउ मा तेइमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरिएकोथियो ।

हङकङ विश्वविद्यालयमा कन्फ्लिक्ट र मीडिया रिपोटिंगमा प्रवचन दिन आएका दिक्षितले त्यसै विषयमा नेपाली पत्रकारहरुलाई पनि प्रवचन दिएकाथिए । त्यसमाथि उनले अनलाईन पत्रकारिताको संवेदनशीलता/ प्रभावकारिता र द्धन्द्ध विषयमा पनि आख्यान दिएकाथिए ।

दिक्षितले श्रीलंकाको जातीय युद्ध र माओवादीको वर्गीय युद्धबीचको तुलनात्मक प्रभावका बारेमा बोलेकाथिए । आफुले दुबै युद्धलाई नजिक देखि नियालेको अनुभव सुनाउदै उनले वर्गीय भन्दा जातीय युद्ध डरलाग्दो र नृशंस हुने बताउदै पत्रकारले यस्तो दुर्घटना नहुन दिन पुलको काम गर्नुपर्ने बताए ।
नेपालमा उठिरहेको जातीय विद्धेषलाई समयमै गहिरो रुपमा बुझी समाधान नगरे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए । यस्तो संवेदनशील घडीमा मीडियाको सबैभन्दा ठूलो रोल हुने उनको भनाई थियो ।

समितिका अध्यक्ष भुपेन्द्र चेम्जोङको अध्यक्षतामा महासचिब अधिराज राईले कार्यक्रम सञ्चालन गरेका थिए । प्रशिक्षक पुन मगरले पनि पत्रकारीताको बारेमा अभैm प्रस्ट पार्दै हंगकंगमा वेव साइट र छापा पत्रिका अन्य देशको अनुपातमा धेरै भएकोले पत्रकारीता राम्रो भइरहेको बताएकाथिए । तर पुनले धेरै मीडिया भएतापनि छाडापन र गैरब्यावसायिक अभ्यास बढी भएकोले पत्रकारहरु ब्यावसायिक रुपमा दक्ष हुनुपर्ने औल्याएकाथिए । 

कार्यक्रमपछि लडाईमा जनता बृत्तचित्र देखाइएकोथियो ।

भीम थापा मगर 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %