नेताहरूले कामाउनु साधरण कुराे हाे । जाबाे कुराे हाे । मामुलि कुराे हाे ।

-पूर्ण बहादुर राना

पार्टीका नेता भनेका ठूला मान्छे हुन् । गैंडा भन्दा ठूला हुन् । हात्ती भन्दा ठूला हुन् । ह्वेल माछा भन्दा ठूला हुन् ।

नेता भनेका माथिका मान्छे हुन् । घरकाे धुरि र छत भन्दा माथिका हुन् । आकाश भन्दा माथिका हुन् । जुनतारा भन्दा माथिका हुन् । त्यसैले पार्टीका नेताले कमाउन पाउनै पर्छ ।

राजनीति भनेकै सत्ताकाे आडमा सर्वसाधारण जनतालाई थर्काएर कमाउने पेशा हाे । व्यक्तिगत र पारिवारिकाे लागि मात्रै बाँचेका अर्थात् आफू र आफ्नाे श्रीमती र छाेराछाेरिकाे लागि मात्रै बाँचेकाले कमाउन हुने अनि पार्टी र संघसंगठनमा लागेकाले कमाउन नहुने? समाज र देशकाे लागि एक दिन समय नखर्चनेले कमाउन हुने तर समाज र देशकाे लागि वर्षाै हिड्नेले कमाउन नहुने?

आफ्नाे सशुराली र छाेरि जुवाँई खलग आउँदा ८४ व्यञ्जन खाना खुवाउने तर समाज, जनता र देशकाे लागि हिंडेकालाई एक गाँस भात नखुवाउने मानिसले कमाउन हुने अनि समाज, जनता र देशलाई खुवाउँछु भनेर राजनीति गर्ने नेताले कमाउन नहुने? जागिरेले कमाउन हुने । पार्टीको नेताले कमाउन नहुने? व्यापारी र उद्योगीले कमाउन हुने सांसद, मन्त्री र प्रधानमन्त्री भएको व्यक्तिले कमाउन नहुने? तिम्रो मात्रै पेट? तिम्रो मात्रै ईच्छा? तिम्रो मात्रै रहर?

🕺 जोगी नेता र भोगी जनता: अचम्म छ बाबै! तिमी सर्वसाधारणहरू चाहिँ मज्जाले ‘भोगी’ बनेर तडकभडकमा बाँच्न पाउने, अनि देशका लागि वर्षौंदेखि पैताला खियाएका नेताहरू चाहिँ सधैं ‘सादगी’ र ‘जोगी’ बनिदिनु पर्ने? उनीहरूको रहर हुँदैन ?

🤷‍♂️ तिमीहरूको मात्रै पेट हो र?: हे मूलाहरू हो! यो धर्तीमा इच्छा, रहर र भोक के तिमीहरू जस्ता मामुली जागिरे, व्यापारी र उद्योगीको मात्रै हुन्छ र? सांसद, मन्त्री र प्रधानमन्त्री भएकाहरूको पेट चाहिँ के केवल भाषण र हावाले मात्र भरिनु पर्ने हो?नेता जाेगि बन्नु पर्ने तिमी मूलाहरू भाेगि बन्न पाउने । यतिकुरा नबुझ्ने मूलाहर!