मधेशी शासन, अधिकार र स्वायत्तताको मागसहित ‘मधेश मुक्ति अभियान’ सार्वजनिक

Read Time:2 Minute, 34 Second

राज्यसत्ता,

काठमाडौं । तराई–मधेशबाट नेपाली औपनिवेशिक शासनको अन्त्य मागसहित ‘मधेश मुक्ति अभियान’ घोषणा भएको छ ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका–३ मा बिहीबार आयोजित एक कार्यक्रममा हजारौंको संख्यामा स्वाधिन मधेश जनअभियानका संयोजक प्रोफेसर कैलाश महतोको नेतृत्वम सो अभियान घोषणा भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रोफेसर महतोले चुनावताका प्रधानमन्त्री बालेन्द्र साहले गरेका प्रतिबद्धताहरु पूरा नगरे स्वतन्त्र मधेशको लागि पनि संघर्ष हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अहिले हामी देशभित्रै स्वतन्त्रता मागिरहेका छौं, हाम्रा मागहरुलाई बेवास्ता गरिए छुट्टै राष्ट्रका लागि पनि आन्दोलन हुनसक्छ ।’
कार्यक्रममा सहभागीहरुले आजादीको नारा लगाएका थिए । ‘हामीलाई आजादी चाहियो, मधेशी मुक्ति अभियान जिन्दावाद’ जस्ता नारा पनि लगाइएको थियो ।

घोषणासभाबाट ‘तराई मधेशबाट नेपाली औपनिवेशिक शासनको अन्त्य होस्’, ‘⁠तराई मधेशमा मधेशी सेना, मधेशी प्रहरी, मधेशी प्रशासक र मधेशीको शासन होस्।’, ‘⁠तराई मधेशको साधन श्रोतमा मधेशीको अधिकार स्थापित हो’, लगायतका मागहरु सार्वजनिक गरिएको छ ।

यस्तै, ‘⁠तराई–मधेशमा भएको बाहिरी अप्रवासन खाली गरियोस्’, ‘⁠नेपाल सरकारले तराई मधेशबाट उठाउँदै आएका सबै प्रकारका कर, राजस्व र भन्सार यही क्षेत्रमा प्रयोग होस्’ ⁠मधेशी मूलका नागरिकमाथि हुँदै आएको नश्लीय विभेद, सामाजिक असमानता र राजनीतिक उपेक्षाको पूर्ण अन्त्य होस्’ ‘आत्मनिर्णयको अधिकार स्थापित होस्’ मागहरु रहेका छन् ।अभियानको संयोजकमा कैलाश महतो रहेका छन् भने विपिन अधिकारी, गिता महरा, मनोज यादव, वैधनाथ महतो, लक्ष्मण साह लगायतका अभियानमा छन् । कार्यक्रमको उद्घोषण शिवजी यादवले गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %