किराती राष्ट्रिय मुक्ति मोर्चा हङकङको ऐतिहासिक दोश्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । एनेकपा माओवादी को केन्द्रिय सदस्य तथा सभासद ओनसारी घर्ति मगर विशेष आतिथ्य तथा किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिव एवँ सभासद क। सुदन किरातीको प्रमुख अथितिमा २३ जनवरीमा कार्यक्रम सम्पन्न भएको हो ।
विशेष अतिथि घर्ति मगरले माओवादीको जातीय मोर्चाहरुकोतर्फबाट एकै भाषामा आदिवासी जनजातीहरुको नारालाइ उठाउनु पर्नेमा जोड दिएका थिए । मगरात राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष समेत रहेका घर्ति मगरले विगतमा आदिवासीहरु एक नभएकोले देशको ७० प्रतिशत जनजाती पिछडीनु परेको र त्यसै कारण लाहुरे हुदै विदेशिन परेकोले देशमा १०-१५ प्रतिशत जनजातिले मात्र राज्यमा सहभागिता पाएको तै पनि नीति निर्माण तहमा पुग्न गाह्रो भएको भन्दै करिव ४५ मिनट लामो मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अथिति सुदन किरातीले जातीय मुक्तिको सवालमा उत्पिडित वर्ग र सर्वहारालाइ साथि नवनाउने हो भने हालत लिट्टेको आन्दोलन जस्तो मात्र हुन्छ भनेका थिए । अदृस्य सक्तिको कारण नेपालमा ूकुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाउने स्थीति रहेकोू ले जनजातीहरु एक भइ अघि वडेमा मात्र जातिय मुक्ति सम्भव छ भनि ठट्टउली पारामा भनेकाले हलमा हासो र गडगडाहट ताली पनि वजेको थियो । जनजाती एक्लैले मात्र संघर्ष गरेमा पनि गन्वब्य स्थानमा पुग्न नसकिने भन्दै करिव दुइ घण्टा लामो मन्वव्य राखेका थिए ।
मोर्चाको उपाध्यक्ष कमला राइको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाओवार्दी हङकङका सचिव जेवी ओख्रवु नेपाली जन सरोकार समाजका अध्यक्ष विष्णुकुमार गुरुङ तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङ का सचिव दुर्गा गुरुङ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको सचिव रविन लिङदेन तथा अन्य संघ सस्थाहरुलाइ अथितिको रुपमा आसन ग्रहण गराइएको कार्यक्रममा कमिटिका तत्कालिन सचिव रमेश नामहाङले संचालन गरेका थिए ।
दुई चरणमा भएको एतिहासकि दोश्रो अधिवेशनमा मोर्चाका तत्कालिन सदस्य अधिराज राइले स्वागत मन्वब्य गरेका थिए भने जेवी ओख्रावु विष्णुकुमार गुरुङ रविन लिङदेन दुर्गा गुरुङले शुभ-कामना मन्तव्य राखेका थिए ।
अधिवेशनबाट निर्वाचित किरात राष्ट्रिय मुक्ति मोर्चाको नयाँ कार्यसमिित
अध्यक्षः रमेश नामहाङ
उपाध्यक्षः जय कुमार राइ
उपाध्यक्षः कमला राइ
उपाध्यक्षः मनोनयन गर्ने
सचिवः युग कृष्ण राइ
कोषाध्यक्षः संजोग राइ
सदस्यः ज्याती ज्वाला राइ
सदस्यः मधु कुमार राइ
सदस्यः प्रदिप राइ