
२०८३ वैशाख ३ गते
गृहमन्त्री सुधन गुरूङलाई भेटेर ब्रिटिस गोर्खाका अगुवाहरूले उनिहरूका सन्तानहरूलाई वंशजको आधारमा नेपाली नागरिकता निरन्तरताको कायम राख्न माग राखी ज्ञापनपत्र पेश गरेका छन् ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता(Continuation of Nepali Citizenship for British Gurkha) युकेका अध्यक्ष थर्क रानाले नेपाल नागरिकता ऐन, २०६३ दफा १० को उपदफा १ ले बृटिश गोर्खामा भर्ति भएका नेपालीहरुलाई नागरिकता विहिन बनाउने विभेदकारी दफा भएकोले अविलम्ब संशोधन गर्नुपर्ने विषयलाई औंल्याए ।
सिएनबीजीका अध्यक्ष थर्क रानाले त्रिपक्षिय सम्झौता ब्रिटिश, नेपाल र भारतबीच गोर्खा सैनिक भर्तीसम्बन्धि मुख्य सम्झौता १९४७ मा भएको उल्लेख गरे । सोहि अनुसार हालसम्म नेपाली युवाहरु ब्रिटिश आर्मीमा भर्ति हुने प्रचलनलाई निरन्तर दिई रहेको बताए । रानाले भने बेलायतमा भर्ति भएर गएका युवाहरुकाे सन्तान बेलायतमा जन्मेपछि ति बालबच्चाहरुको गुणस्तरिय र सुलभ शिक्षा तथा स्वास्थ्य सुविधा प्राप्त गर्नको लागि बेलायतको प्राकृतिक नागरिकता(Naturalized Citizenship) लिनुपर्ने बाध्यता भएको बताए । जब ब्रिटिश सेनामा भर्ति भएका गोर्खाहरुले ले बाध्यताबश बेलायतको प्राकृतिक नागरिकता लिएपछि नेपाली नागरिकबाट स्वतह बञ्चित भैहाल्ने प्रावधान नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गरेको बताए । नेपाल नागकिता ऐन, २०६३ को दफा १० मा उल्लेख छ नेपाली नागरिकता कायम नरहने : (१) नेपालको कुनै नागरिकले आफुखुशी कुनै विदेशी मुलुकको नागरिकताको प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन । यो प्रावधानलाई हटाउनु पर्ने र ब्रिटिश गोर्खाका सन्तानहरुलाई निरन्तर रुपमा वंशजको नेपाली नागकिरता निरन्तर रुपमा कायम रहनुपर्ने माग गरे ।
गृहमन्त्री गुरुङले ब्रिटिश गोर्खाका सन्तानहरुको वंशजको नागरिकता निरन्तर सम्बन्धी मागलाई सकारात्मक रुपमा लिएका छन् । र यस विषयलाई कानून मन्त्रालयमार्फत संसद्मा छलफल गरिने प्रतिवद्धता जनाए ।
नागरिकता सम्बन्धी ऐनमा कुनै पनि नेपाली नागरिकले आफ्नो इच्छाले विदेशी नागरिकता लिएमा उसको वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ ।
गृहमन्त्रि सुधनले रास्वपाको प्रतिबद्धतापत्रमा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने उल्लेख रहेको प्रसङ्ग निकाले । उनिहरुको पार्टीको माग अनुसारनै यो मुद्धा सम्बोधन गर्न रास्वपा पार्टी र सरकार प्रतिबद्ध रहेको कुरा मन्त्रि गुरुङले दोहोर्याए ।
गृहमन्त्रि सँगको भेटमा भूपू कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापाले बृटिश गोर्खा सैनिक र अन्य गैरआवासीय नेपालीहरुको सन्दर्भ फरक रहेको बताए । थापाले ब्रिटिश गोर्खा सैनिक र अन्य देशका गैह्र आवासिय नेपालीहरुको विषयवस्तु फरक रहेकोले साेलाेडाेलाे एउटै दृष्टिकोणले हेर्न नहुने बताए ।





