पूर्व मन्त्री घर्तिसँग मगर संघको भेटघाट कार्यक्रम

Read Time:1 Minute, 31 Second

हंगकंगको भ्रमण रहेकी पूर्वमन्त्री तथा सभासद ओनसरी घर्ति मगरसँग मगर संघ हंगकंगको आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । दोहोरी रेष्टूरेण्ट जोर्डनमा जनवरी २४ मा संघकी अध्यक्ष चन्द्रज्योति आले मगरको अध्यक्षतामा महासचिब बोदविक्रम थापा मगरको साचालनमा कार्यक्रम सम्पन्न भएको हो  । 

छोटो मन्तब्य दिदै प्रमख अतिथि पूर्व मन्त्री घर्ति मगरले नेपालको राजनैतिक अवस्था र मगरहरुको हक हितको लागि सभासदको हैसियतले कुनै पनि कार्य गर्न पछि नपर्ने बताइन  । आदिवासी जनजाति पत्रकार महासंघका सदस्य तथा अर्थ मन्त्री बर्षमान पुनका प्रेस सल्लाहकार मनोज घर्ति मगरको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

माओवादीले कथित जनयुद्धको समयमा विभिन्न जातिलाई जातिय मुक्तिको लागि भन्दै युद्धमा बन्दुक बोकाएको थियो र जातिय राज्य घोषणा पनि गर्यो यो कुरा साकार गर्नको लागि सोही बमोजिम संबिधान लेख्न कुनै कसुर बाँकी नराख्नु पर्ने अवस्थामा अहिले त्यसो नभई माओवादी नै बाधक भएको विश्लेषकहरुको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %