न्यु वर्ल्ड अर्डर अर्थात् नयाँ विश्व व्यवस्था

Read Time:35 Minute, 18 Second

साभार गाेपाल पाल्पाली आचार्यकाे फेसबुक भित्ताेबाट

एकजना मित्रले सोध्नुभयो – ‘ईरान विरुद्ध अमेरिका-इजरायलको युद्धमा तपाईं कसको पक्षमा हुनुहुन्छ ?’
सरल उत्तर दिएँ – ‘ईरान’
‘किन ?’
‘अहिलेलाई यत्ति मात्रै बुझ्नुस, म ईरानको पक्षमा छु । किन भन्ने प्रश्नको उत्तर बिस्तारै थाह पाउनुहुनेछ ।’ – कुरा टुङ्गियो ।

म किन ईरानको पक्षमा छु ?
यो प्रश्न जति सरल छ, यसको जवाफ त्यति नै जटिल । सतही रूपमा बुझेको वा बुझाइएको सामान्य विश्लेषणले ईरानको पक्षमा हुनुपर्ने गहिराईलाई मापन गर्न सकिदैन । किनकि हामीले त्यहि मात्रै थाह पायौं, जुन जर्ज सोरस फण्डेड दलाल मिडिया र इण्डियन गोदी मिडियाले देखाए, अनि पश्चिमा डलरवादी दलाल विश्लेषकहरुले बुझाए ।

हामीले देख्यौं, एमसीसी र एसपीपी नेपालको हितमा छ भनेर ब्याख्या गर्ने दलाल बुद्धिजीवी वर्ग, त्यसलाई सदनबाट पारित गराउने बिकाउ संसद, त्यसको पक्षमा लेख्ने दलाल मिडिया र राष्ट्रको हितमा नभए चारपाटा मुडेर थानकोट कटाइयोस भन्ने कठपुतली नेताहरूले जनताको कसरी ब्रेनवास गरेका थिए ।

स्वस्थ्य मान्छेलाई इम्युनिटी बुस्टरका नाममा ज्यानमारा खोप लगाउन बाध्य पार्नेहरुले कसरी त्यो ‘जहर’ को प्रचारप्रसार गरेका थिए ? तर नतिजा ? हृदयघात, ब्रेन ट्युमर, क्यान्सर, लिभर फेल, किड्नी फेल !! जनताको शरीर कसरी प्रयोगशाला बनाइयो र कति बाध्य पारियो भन्ने कुरा सबैलाई थाह भएकै कुरा हो ।

कथित महामारी र कथित उपचार गाइडलाइनका नाममा कति मानिस अकालमै मारिए ? कति जनसंख्या घटाइयो ? कथित खोप लगाएपछि क्यान्सर र हृदयघातका रोगीको दर कति प्रतिशतले बढ्यो ? त्यसको वास्तविक तथ्यांक अझै पनि लुकाइएको छ।

जनसंख्या नियन्त्रणको त्यो नरसंहार सँगसँगै अराष्ट्रिय परिचयपत्र र इम्बोस्ट नम्बरप्लेट योजना किन ल्याइयो र किन अनिवार्य गरियो भन्ने कुरा धेरैलाई अझैसम्म थाह छैन । राष्ट्रिय परिचयपत्र बनाउदा हातको सबै औंलाका छाप देखि आँखाको रेटिनासम्म किन स्क्यान गराइयो ? धेरैले बुझेका छैनन्, न त कोहि बुझाउनेवाला छन् । अझै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य र बाध्यकारी बनाउन स्वास्थ बिमासँग जोडिदैछ र यो प्रस्ताव पास भैसकेको छ । अर्थात्, जसको राष्ट्रिय परिचयपत्र छैन, उसको स्वास्थ्य बिमा हुँदैन । सरकारले आफ्नै नागरिकलाई पनि नागरिकताको आधारमा बिमा गर्दैन र उपचार सेवा दिदैन ।

मैले ईरान विरुद्धको इजरायल र अमेरिकाको युद्धसंग यी कुराहरू जोड्नुको कारण निकै गहिरो छ, त्यो कारणको विषयमा सितिमिति कोहि बोल्न खोज्दैनन् । कसैले बोल्ने कोसिस गरेमा पश्चिमाद्वारा नियन्त्रित गुगल, मेटा संयन्त्रले ‘कन्स्पिरेसी थेउरी’ भन्छ र त्यस्ता पोस्टहरु अटोमेटिक डिलिट गर्दिने, वार्निङ दिने, मोनिटाइजेशन रोक्ने वा प्रोफाइल नै उडाइदिन सक्छ । त्यस्ता कुरामा बोल्नेहरुमाथि व्यक्तिगत सुरक्षाको खतरा पनि आइलाग्नसक्छ ।

हामी ईरानको पक्षमा वा अमेरिका-इजरायलको पक्षमा रहनुभन्दा अगाडी यो युद्ध किन भैरहेको छ ? कसले गराइरहेको छ र युद्ध गराउनेको भित्री उद्देश्य के हो भन्ने बुझ्न जरुरी हुन्छ ।
यो कुरा बुझ्नको निम्ति सबैभन्दा पहिला ‘न्यु वर्ल्ड अर्डर’ बारे बुझ्नुपर्ने हुन्छ र त्यो भित्रको एजेन्डा 21/2030 बारे जानकारी लिनु जरुरी हुन्छ ।
न्यु वर्ल्ड अर्डरको एजेन्डा 21/2030 को अवधारणा के के छन् ? त्यो एजेन्डाका योजनाकार समुह को हुन् र उनीहरुको उद्देश्य के हो भन्नेकुरा बुझ्नु जरुरी हुन्छ ।
यत्ति बुझिसकेपछी बल्ल कथित महामारी, कथित खोप, कथित अराष्ट्रिय परिचयपत्र, कथित इम्बोस्ट नम्बर प्लेट र तिनीहरुको बाध्यकारी अनिवार्यताबारे बुझ्न सकिन्छ । हामीले ५-६ बर्षदेखी यहि कुरा बुझाउने कोसिस गर्यौं तर धेरैले पत्याएनन । धेरैलाई यी कुराहरू ‘कन्स्पिरेसी थेउरी’ लागे, तर वास्तविकता अहिले सबैको सामु देखा परिरहेको छ।

कथित ‘दिगो विकास योजना’ को नाममा ल्याइएको ‘एजेन्डा 21/30’ लाई नेपाल सरकारले पनि 2030 सम्म पूरा गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ र त्यो एजेन्डा अनुसार नै नेपाल सरकारले कार्ययोजनाहरु अगाडी बढाइरहेको छ । कथित महामारीको नाममा लकडाउन योजना, कथित खोपको अनिवार्यता, अराष्ट्रिय परिचयपत्रको अनिवार्यता, इम्बोस्ट नम्बर प्लेटको अनिवार्यता जस्ता कुराहरू त्यही एजेन्डाका कार्ययोजनाहरु थिए ।

‘न्यु वर्ल्ड अर्डर’ अर्थात् ‘नयाँ विश्व ब्यवस्था’ को मुख्य तथा सबैभन्दा खतरनाक एजेन्डा भनेको ‘विश्व जनसंख्या नियन्त्रण’ हो । त्यस अन्तर्गत जनसंख्या नियन्त्रणका अनेकौं उपायहरू अपनाइनेछन । जसमा कथित महामारी, कथित खोप, कथित जलवायु परिवर्तन (अप्राकृतिक बाढी पहिरो), डढेलो, कृत्रिम भुकम्प, हवाई दुर्घटना, कथित उल्कापिण्ड, भोकमरी, बेरोजगारी जस्ता अनेकौं कुराहरू छन् जसका कारण मानिसहरूको मृत्यु हुने र जनसंख्या नियन्त्रण हुनेछ । त्यो संगै जोडिएको अर्को जनसंख्या नियन्त्रणको उपाय द्विदेषिय वा बहुदेषिय युद्ध पनि हो, जुन अहिले भैरहेको छ । रूस-युक्रेन युद्ध, इण्डिया-पाक युद्ध, पाक-अफगानिस्तान युद्ध होस् वा अमेरिका इजरायलको संयुक्त ईरान युद्ध होस् त्यही योजना अनुसार नै भएका हुन् ।

‘नयाँ विश्व व्यवस्था’ को अन्तिम लक्ष्य के हो ? त्यसबारे नबुझी यो युद्धको रहस्य बुझ्न सकिदैन । त्यसको अन्तिम लक्ष्य भनेको ‘एक विश्व’ हो । अर्थात् विश्वको नियन्त्रण एउटै शक्तिकेन्द्रको हातमा निहित हुने । जस अन्तर्गत – ‘विश्वभर एउटै शासनप्रणाली, एउटै कानुन, एउटै सेना, एउटै सरकार, एउटै जाती, एउटै धर्म र एउटै नश्लको वर्चस्व रहने’ कुरा उल्लेख छ । त्यतिमात्र हैन, एउटै बैंकले विश्वको सबै देशका सबै नागरिकहरुको सम्पत्ति समेत नियन्त्रण गर्नेछ । सबै देशका राष्ट्रबैंकहरु विश्वबैंक अन्तर्गत रहनेछन् र विश्वबैंक त्यही शक्तिकेन्द्रको हातमा हुनेछ । तपाईंको खाताबाट स्वयं तपाईंले नै आफुले चाहे जति रकम आफुखुसी चलाउन सक्नुहुन्न । सरकारको अनुमति आवश्यक पर्नेछ अर्थात् सरकारले जति तोक्नेछ त्यति मात्रै झिक्न पाइनेछ । डिजिटल प्रणाली ल्याइनुको मुख्य कारण यहि हो । ताकी तपाईंका हरेक गतिविधिमा सरकारको निगरानी निरन्तर रहिरहोस । अराष्ट्रिय परिचयपत्र अनिवार्य गराइनु र तपाईंको हातका पञ्जा देखि आँखाको रेटिनासम्म स्क्यान गरेर सरकारलाई बुझाइएको त्यसै हैन । त्यसमा राखिने ‘माइक्रो चीप’ कहाँ बन्यो ? कुन देशमा बन्यो ? त्यसको डाटा कन्ट्रोल कहाँ जान्छ? कसले निगरानी गर्छ ? नेपाल सरकारसँग आफ्नै डाटा सुरक्षीत राख्नसक्ने क्षमता छैन भने बिदेशी कम्पनीले राखेको ‘माइक्रो चीप’ ले स्टोर गर्ने ब्यक्तिगत डाटाको सुरक्षाको ग्यारेन्टी कसरी दिनसक्छ ? हाम्रो डाटा हाम्रै सरकार मार्फत त्यही शक्तिकेन्द्रले नियन्त्रण गर्नेछ, जसले त्यस्ता डिजिटल प्रणालीको अवधारणा ल्याए र सोही योजना अनुसारको माइक्रो चीपहरु बनाए । ‘एक विश्व’ योजना सबैभन्दा खतरनाक योजना हो । बेलायत जस्तो देशको संसदभित्र अराष्ट्रिय परिचयपत्र खारेजीको माग किन गर्दैछन् त्यहाँका सांसदहरु ? कतिपय देशले डिजिटल परिचयपत्रको अनिवार्यता किन खारेज गरे ?

जुनसुकै देशमा पनि त्यस्ता खतरनाक योजनाहरु कार्यान्वयन गर्न/गराउन बलियो सरकारको आवश्यकता पर्छ, जसमा प्रतिपक्ष दल कमजोर होस् र बहुमतको शक्तिशाली सरकारले निरंकुशता पूर्वक जनताका छातीमा गोलि हानेर भएपनी लागु गरोस् । त्यसैकालागी मिडिया एल्गोरिदमको प्रयोग गरेर ‘मास ब्रेनवास’ गराइन्छ र शक्तिकेन्द्रका कठपुतली दललाई बहुमतद्वारा सत्तामा पुर्‍याइन्छ । पुराना दलहरूप्रती नकारात्मक र वितृष्णा फैलाउने व्यापक प्रचारबाजि गरिन्छ । अहिले विश्वभर यहि भैरहेको हो । सामाजिक सञ्जालमा समेत कडा प्रतिबन्ध लगाइनेछ ताकी जनताको आवाज पूर्णतया नियंत्रित होस् । सरकारले चाहेको कुराहरू मात्रै सञ्जालमा राख्न अनुमति मिल्नेछ, सरकार बिरोधि कुराहरू राष्ट्रद्रोहको अपराध मानिनेछ । कथित जेन-जी आन्दोलनका नाममा विश्वभर जियोनिष्टहरुलाई परिचालन गरेर विभिन्न देशका सरकारहरु ढलाइनुको कारण यहि थियो। बंगलादेश, श्रीलंका, अफगानिस्तान, जर्जिया, फ्रान्स, जापान र नेपालमा समेत यहि एल्गोरिदमको प्रयोग गरिएको थियो । भविष्यमा मैले लेखिरहेको यो लेख जस्ता लेखहरु लेख्न र पोस्ट गर्न कडा प्रतिबन्ध लागु हुनेछ ।

‘माइक्रो चीप’ केवल तपाईंको राष्ट्रिय परिचयपत्रमा मात्रै सिमित रहदैन, तपाईंको खोपडी सम्म आइपुग्नेछ । जसरी कथित खोप लगाउन बाध्य पारियो, त्यसरी नै खोपडीमा माइक्रोचीप ठोक्न बाध्य पारिनेछ । तपाईलाई पत्यार नलाग्ला तर गुगल सर्च गरेर हेर्नुस्, एलन मस्कको टेस्ला कम्पनीले मानिसको मस्तिष्कमा ठोक्ने माइक्रोचीपको निर्माण गरिसकेको छ र जनावरहरुमा परिक्षण गरिरहेको छ, भोलि जनावर बन्ने पालो तपाईंको हो । यता चीनले पनि मानिसको दिमागमा लगाइने माइक्रोचीपको प्रयोग शुरु गरिसकेको छ, (कमेन्ट बक्समा यसको प्रमाण राखिदिएकोछु, हेर्नुहोला) । चीप कम्पनीहरुले त्यस्ता कुराहरूमा अरबौं खरबौं लगानी गरेर किन बनाइरहेका छन् ? शो-रुममा राखेर देखाउन त पक्कै हैन, जुन चिज जे प्रयोजनको लागी बनाइएको छ त्यसको प्रयोग त त्यही चिजमा नै गर्ने होला ।

जब माइक्रोचीपको कथित परिक्षण पूरा हुनेछ, त्यसपछि मानिसको दिमागमा माइक्रोचीप ठोक्न अनेकौं प्रलोभन देखाइनेछ, जस्तै: स्मरणशक्ति कम हुनेकालागी मोबाइलमा मिमोरीकार्ड राखेझैं हरेक गतिविधिको स्मरणहरु स्टोर गर्न, सुस्त मनस्थिति भएका, डिप्रेसनका रोगीलाई हतोत्साहित नहुनको लागी मनोबल बढाउने सोंच स्टोर गर्न, नशा सम्बन्धि समस्या भएका वा प्यारालाइसिस भएका रोगीलाई सुकेको नशाले दिमागमा पुर्‍याउने संदेशलाई वैकल्पिक मार्गबाट पुर्‍याएर हिडडुल गर्नसक्ने बनाउन आदि आदि । यस्तो अफर सुनेपछि आफ्नो खोपडी खोलेर चीप ठोकाउन लाइनमा उभिने मुर्खहरुको कमि होला त ? जब खोपडीमा बिदेशीले बनाएको चीप ठोकिन्छ त्यसपछि तपाईंको प्राकृतिक दिमाग निष्क्रिय हुनेछ र कृत्रिम दिमागले सोंच्न शुरु गर्नेछ, तपाईं मान्छेको स्वरुपमा एउटा रोबर्ट मात्रै हुनुहुनेछ । तपाईंले त्यही मात्रै सहि देख्नुहुन्छ, जुन डाटा तपाईंले ठोकेको चीपमा स्टोर गरिएको छ । तपाईं मान्छे हुनुको औचित्य समाप्त हुनेछ, पूर्णरूपमा तपाईं शक्तिकेन्द्रको गुलाम बन्नुहुनेछ । यसरी संसारभर मान्छेजस्तै देखिने तर कृत्रिम खोपडी भएका अर्धकृत्रिम मानव मात्रै भएपछि ‘एक विश्व’ को अवधारणा कसो पूरा नहोला ?

‘एक विश्व’ योजनामा धेरै कुराहरू समावेश गरिएका छन्, जो मानव जगतकालागि अत्यन्तै घातक छन् । सबैभन्दा घातक अवधारणा भनेको विश्वको जनसंख्या 90% (पचास करोडको हाराहारीमा) घटाउनु । अनि सिमित जनसंख्या भएपछि देशहरुको संख्या पनि सिमित नै हुनेभए, देशहरू नै सिमित भैसकेपछी एउटै शासनप्रणाली, एउटै कानुन, एउटै सेना, एउटै बैंकको नियन्त्रणमा रहनु त्यसै सहज हुनेभो । यसरी मानिसको जनसंख्या नै सिमित भैसकेपछी एउटै नश्ल, एउटै जात, एउटै धर्म, एउटै संस्कृति पनि अनौठो कुरा भएन । विश्वको स्वामित्व – एउटै शक्तिकेन्द्रमा !

के यो सम्भव छ ?
हो, यो सब सम्भव छ । यसको तयारी सयौं वर्ष अगाडीदेखि नै गरिएको थियो र 1992 मा ब्राजिलमा यूएन द्वारा आयोजित विश्वका सबै देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनबाट यो निर्णय पारित गरिएको थियो । जसमा १७८ देशको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनमा गरिएको निर्णय अनुसार यूएन, विश्व स्वास्थ्य संगठन, विश्वबैंकको मुख्य भूमिकामा कार्यक्रम अगाडि बढाउने र त्यसमा एलिट ग्रुपका बिग फर्मा, विल गेट्स, जर्ज सोरस, USAID लगायतका संस्थाहरु मार्फत लगानी गर्ने कार्ययोजना तयार भए । एजेन्डा 21/2030 भन्नाले 21औं शताब्दीको त्यस्तो विशेष एजेन्डा जसको पहिलो खण्ड 2030 सम्म पूरा गर्ने लक्ष्य रहेको छ भनेर बुझ्नुपर्छ । त्यो एजेन्डा 2015 बाट विश्वभर शुरु भैसकेको छ । जसलाई यो कुरा अपत्यारिलो लाग्छ, त्यसले अमेरिकाको जर्जीयामा रहेको Georgia Guidestones स्मारकको भित्तामा विश्वका चर्चित ८ भाषामा के लेखिएको छ भनेर गुगल सर्च गरेर हेर्दा हुन्छ, जसमा पछिल्लोपटक संस्कृत समेत ४ भाषा थप गरेर १२ भाषामा लेखेर राखिएको छ । जुन अहिले पनि हेर्न र पढ्न सकिन्छ ।

यो अवधारणा कसको हो ?
यो अवधारणा अत्यन्तै गोप्य र अत्यन्तै शक्तिशाली अण्डरग्राउण्ड शक्ति केन्द्रको हो । जसको नाम कसैले पनि लिदैनन । त्यो शक्तिकेन्द्र यति पावरफुल छ कि संसारको जुनसुकै देशको जस्तोसुकै शक्तिसाली राष्ट्रप्रमुखलाई पनि सजिलै औंलामा नचाइदिन सक्छ । त्यसमा विश्वका सबैभन्दा धनाढ्य र सबैभन्दा शक्तिशाली व्यक्तिहरु मात्र छन् । विश्वबैंक नै तिनीहरुको स्वामित्वमा छ र तिनीहरुले नै संसारभर गरीब मुलुकलाई विश्वबैंक मार्फत ऋण दिएर संसार खरिद गरिरहेका छन् । कस्को तागत चल्छ तिनीहरुको विरुद्धमा उभिनसक्ने ?

त्यो कस्तो शक्तिकेन्द्र हो ? कस्तो समुह हो ?
त्यो ग्रुपलाई इलुमिनाटी (हामीले उल्लुबनाती भन्ने गर्छौं) भनेर सांकेतिक रूपमा बुझ्ने गरिन्छ । त्यो ग्रुपको सांकेतिक सूचक चिन्ह – ‘एउटा आँखा’ हो । नेपालमा माओवादीबाट अलग भएपछि बाबुराम भट्टराईले गठन गरेको कथित ‘नयाँ शक्ति’ पार्टीको चिन्ह पनि त्यही – ‘एउटा आँखा’ थियो । ‘स्वयंभूको दुइटा आँखाले न्याय र अन्याय छुट्याएर हेर्छन्’ भन्ने विश्वास भएको देशमा एउटा मात्र आँखा ? कुन अर्थमा पस्यो ? संगोग मात्रै होला त ?

माथिको प्रसंगमा – उल्लुबनाती ग्रुप भनेको परम नास्तिक, अनिश्वरवादी, भौतिकवादी समुह हो । जसले इश्वरीय सत्तालाई स्वीकार गर्दैनन् । तिनीहरुको सिद्धान्त वा धर्म भन्नू नै भौतिकवाद वा भोग-विलासवाद मात्र हो । तिनीहरुको नजरमा संसारमा ‘धर्म’ को कुनै अस्तित्व छैन । धर्मलाई तिनीहरु ढोङ, पाखण्ड, अन्धविश्वास र रुढीबादी संस्कृतिको रूपमा ब्याख्या गर्ने गर्छन् । उनीहरुको नजरमा संसारमा ‘इश्वर’ भन्ने कुनै अस्तित्व हुँदैन । मानिसको जन्म नै भौतिकवाद र भोगबिलासका लागी भएको हो । उनीहरुको भौतिकवाद र भोगविलास कस्तो हो भन्ने उदाहरण “एपस्टीन फाइल” का भिडियोहरु हुन् । ती भिडियोमा देखिएका पात्रहरु त्यही समुहका पात्रहरु हुन् ।

इश्वरीय सत्तालाई स्वीकार नगर्ने “एपस्टीन समुह” ले अहिले ईरान विरुद्ध युद्ध गरिरहेको छ । कतिपयले यो युद्धलाई “धर्मयुद्ध” या ईस्लामिक आतंकवाद विरुद्धको युद्ध या इसाई ईस्लामको युद्ध भनेर ब्याख्या गरेको पाइन्छ तर ती कुरा सत्य हैनन । यो युद्ध इश्वरिय सत्ता स्विकार गर्ने इश्वरवादी र इश्वरीय सत्तालाई अस्वीकार गर्ने अनिश्वरवादी (सैतान पुजक) समुहको युद्ध हो । “एक विश्व” अन्तर्गतको “एक धर्म” अन्तर्गत (सैतान पुजक) समुहको वर्चस्व हुने मिसन अनुसार भएको युद्ध हो । त्यसकारण हामी हिन्दु, इसाई, ईस्लाम, बौद्ध, किराँत वा इश्वरीय सत्तालाई स्वीकार गर्ने जुनसुकै धर्म मान्नेहरु ईरानको पक्षमा हुनुपर्छ भन्ने मेरो धारणा हो ।

हो, इसाई र ईस्लाम धर्मका कतिपय नीतिगत कुराहरूमा हाम्रो विचार मिल्दैन, त्यसबारे छलफल, विवाद या झगडा जे जे गर्नुछ, ती सबै गर्दै गरौंला तर अहिले झगडा गर्ने समय छैन, अहिले इश्वरिय सत्ता स्वीकार गर्नेहरूको पक्षमा उभिनु जरुरी छ । भौतिकवादी सैतान पुजकहरुले मानिसलाई नास्तिक बनाउनको लागी खरबौं खरब लगानी गरिरहेका छन्, त्यो लगानी कुन समुहले गरिरहेको छ ? किन गरिरहेको छ ? कहाँबाट गरिरहेको छ ? नेपालमा पनि भौतिकवाद र नास्तिकवादको नाममा वकालत गर्ने कथित बुद्धिजीवीहरुको लेख वा विचारहरु कस्ता छन् ? उनीहरुलाई हरेक धर्मको बिरोध गर्दा के फाइदा भैरहेको छ ? यो कुराको जवाफ खोज्नु जरुरी छ । अमेरिकी प्रतिवेदन अनुसार नै एसियाली मुलुकमा प्रत्येक वर्ष नास्तिकवाद फैलाउन ठूलो धनराशि लगानी सार्वजनिक भएको हैन र ? अमेरिकाको संसदमै यो विषयमा बहस भएको रिपोर्टहरु देखिएका हैनन र ?

नास्तिकवादलाई त्यति ठूलो लगानी किन गराइयो ? त्यो लगानीमा के के काम भए ? संसारभर नास्तिकवादीहरुको संख्या किन वृद्धि हुँदै गयो ? अमेरिकाकै तथ्यांक अनुसार ४०% भन्दा बढी नास्तिकवादीहरु कसरी भए ? जसको डलरमै “हामी इश्वरलाई विश्वास गर्छौं” लेखिएको छ ? बुझ्नुपर्ने कुरा यहाँनेर छ – त्यो लगानीले मानिसलाई धर्मबाट च्युत गराएर पशु जस्तै बनायो । भौतिकवादिको नजरमा आमा र श्रीमती दुबै ‘स्त्री’ मात्रै हुन्, दुबैको शरीरको बनावट एउटै हो, स्त्रीहरु भोग्य साधन हुन् तर धर्मले त्यसको फरक छुट्याएको छ । भौतिकवादी बिज्ञानको नजरमा हेर्दा हरेक स्त्रीको पाठेघरको संरचना र प्रयोग एउटै हो तर धर्मको नजरमा निकै फरक हुन्छ ।

योजनाकारहरुले बडो षड्यन्त्र पुर्वक तरिकाले लगानी गरे । उनीहरुले जातका नाममा, धर्मका नाममा, नश्लका नाममा, लिङ्गका नाममा, सम्प्रदायका नाममा मानिसलाई बिभाजन गरे। यहाँसम्म कि नारीवाद र महिला अधिकारका नाममा श्रीमान श्रीमतीलाई समेत बिभाजन गरे । वैवाहिक बलात्कार जस्ता शब्दको प्रयोग गरेर महिलालाई पुरुषप्रती र पुरुषलाई महिलाप्रती घृणा जगाएर ‘लेस्वियन’ र ‘गे’ लाई प्रमोट गरे । LGBTQ+ जस्ता मिसनहरु चलाएर समाजलाई बर्बाद पार्न कुनै कसर बाकी राखेनन । ‘फेमिली एक्स’ जस्ता सुन्दै घिनलाग्ने अवधारणामा आधारित कथा, उपन्यास, टेलिसिरियल, चलचित्र, वेभ सिरिज आदि सामाजिक सञ्जाल र वेबसाईटहरुमा छ्यापछ्याप्ती राखे । मान्छेलाई पशुकरण गर्न र पशुले झैं हाडानातामा सम्बन्ध राख्न उत्प्रेरित गर्ने यस्ता कुराहरू मिसनको रूपमा चलाइए । ईरानका महिलाले आफ्नो धर्मको संस्कार परम्परा अनुसार बुर्का लगाएर शरीर छोप्ने कुरा एपस्टीन ग्याङलाई मनपर्ने कुरै भएन । नारी स्वतन्त्रता र महिला अधिकारको नाममा महिलालाई नाङ्गै बनाएर सडकमा हिडाउने मिसनमा लागेका समुहलाई ईरान सरकारले त्यसको विरुद्धमा लगाएको ‘कडा नियम’ किन मनपर्थ्यो र ? ईस्लामिक आतंकवादको नाममा घृणा फैलाएर LGBTQ+ को समर्थन गर्ने एपस्टीन समुहका मतियारहरु इजरायल र अमेरिकाको पक्षमा नै हुने भए । LGBTQ+ मिसनका मिसनरीहरु घण्टी बोकेर नेपालको संसद सम्म पुगिसकेका छन् । अब के नै बाकी रह्यो र ?

माथिको प्रसंगमा – मान्छेलाई हरेक वर्गमा विभाजन गरेर टुक्र्याउने, कमजोर पार्ने र सिकार गर्ने रणनीति अनुसार योजनाकारहरुले लगानी गरे । चर्च मिसन र ईसाइकरणका लागि, ईस्लामिकरणका लागी, दलाई लामा (एपस्टिन ग्याङकै नक्कली बौद्ध) मिसनका लागी र हिन्दुत्वका नाममा समेत लगानी गर्ने शक्तिकेन्द्र एउटै हो । सबैलाई पैसा दिने उहि अमेरिका, उहि जर्ज सोरस, उहि USAID, उहि NGO र INGO हरु ।

अब सोंच्नुहोला, सबैलाई अमेरिकाले किन यसरी पैसा बाढ्छ? यसरी सबैलाई पैसा बाढ्नुको अर्थ अमेरिकाले सबै धर्म वा पन्थको संरक्षण गरेको हो ? हैन, विल्कुलै हैन । यसरी पैसा बाड्नुको मतलब हरेक धर्म वा पन्थमा कट्टरवादीहरुको संख्या बढाउनु र त्यसरी जन्माएका कट्टरवादीहरुलाई एक-आपसमा भिडाएर सिध्याउनु हो । सुक्ष्म रूपमा हेर्नुस्, वास्तविक इसाई भन्दा डलर खाएर कन्भर्ट भएका कन्भर्टेड इसाई अझै बढी कट्टर देखिन्छन्, वैदिक सनातनी बन्न छोडेर RSS (राष्ट्रिय समलिङ्गी संघ) को दानापानी बनेका कन्भर्टेड खच्चडहरुले शंकराचार्यलाई समेत हिन्दुत्व सिकाउन खोज्छन्। शंकराचार्यलाई समेत नक्कली हिन्दु भन्न लाज मान्दैनन्, जो आफै नक्कली हुन् । डलर बाट भारु, अनि भारुबाट दारुमा बिकेर फिरिङ्गी मिसनको नक्कली हिन्दुत्वको प्रचारमा खैरो कट्टु लगाएर तमासा देखाउने, अमेरिकी र इजरायली नश्ललाई पुर्ख्यौली नश्ल ठान्ने खच्चडहरु इजरायल र अमेरिकाको पक्षमा हुनु अचम्मको कुरा हैन । किनकि त्यो उनीहरुको DNA ले नै मान्यता दिएको हो । राष्ट्रिय समलिङ्गी संघ (RSS) ले त्यही मिसनको ‘एपस्टिन ग्याङ’ लाई समर्थन गर्नु अनौठो मान्नुपर्ने कुरै हैन ।

RSS ले किन इजरायल र अमेरिकाको समर्थन गर्छ ? किनकि हिन्दुत्वको नाममा खोलिएका ‘गुरु कम्पनी’ का धेरैजसो डिलर र पसलहरुको ‘मालसामान’ को ढुवानी अमेरिकाबाटै हुनेगर्छ । त्यसमध्ये इस्कोन सबैभन्दा ठूलो पसल हो । त्यसपछि ब्रम्हाकुमारी, कृष्ण प्रणामी, सत्य साई जस्ता थुप्रै पसलहरु छन्, जस्को केन्द्र अमेरिका हो ।

फेरि पनि माथिकै प्रसंगमा – एपस्टिन ग्याङका समूह, जर्ज सोरस, USAID लगायत तमाम संस्थाले मानिसहरूलाई जात र धर्मको आधारमा यसरी छुट्याइदियो कि – इसाई भित्रै पनि अनेकौं सम्प्रदाय, ईस्लाम भित्र पनि अनेकौं सम्प्रदाय, बौद्ध, हिन्दु सबै धर्मभित्र अनेकौं सम्प्रदाय निर्माण गरेर एउटा भन्दा अर्को ठूलो, अर्को भन्दा अझै अर्को कट्टर देखाउने होडबाजी चलाइदियो । आफ्नो सम्प्रदाय सहि र अरुको सम्प्रदाय गलत भन्ने मानसिकता प्रेरित गरेर धर्मको नाममा समाजमा विखण्डन ल्याउने उद्देश्यले नै त्यसरी लगानी गरियो । त्यसको प्रतिफल के ? कुरा प्रष्ट छ, जब कुनै इसाई बस्तीमा आक्रमण हुन्छ तब इसाई भित्रकै अर्को सम्प्रदायले आफ्नो भन्दा फरक सम्प्रदायलाई आक्रमण गरेको भनेर चुपचाप बस्छ, ईस्लाममा पनि सिया मुसलमानलाई आक्रमण गर्दा सुन्नी खुशी हुने र सुन्नीलाई आक्रमण गर्दा सिया खुशी हुने अवस्था उत्पन्न गराउने, बौद्धमा पनि ब्रजयानीलाई आक्रमण गर्दा थेरवादीले ताली बजाउने र थेरवादीलाई आक्रमण गर्दा बज्रयानीले ताली बजाउने बनाउनको निम्ति, हिन्दुहरुको त झन कुरै गर्न परेन । संसारमा सबैभन्दा बढि बिभाजन गराइएको धर्म नै हिन्दु धर्म हो । ३३ कोटि देवी देवताका ६४ कोटि भन्दा बढी हिन्दु सम्प्रदाय किन बनाइए ? हिन्दुत्वको संरक्षक शंकराचार्य र राजा हुदाहुदै किन चोकचोकमा ‘फगतगुरु’ को उपाधी भिरेका धर्मभिरुहरु किन जन्माइए ? तिनीहरुको काम के हो ? हरेक सम्प्रदायका छुट्टाछुट्टै फगतगुरु ? अनि उपाधी गुथाइदिने ‘गुरु कम्पनी’ को वैधानिकता के ?

योजनाकारहरुले यसरी योजना बनाए कि आज एउटा इश्वरिय सत्तालाई स्वीकार गर्ने ईस्लामिक मुलुक ईरानमा आक्रमण गर्दा अर्को ईस्लामिक मुलुकहरु नै आक्रमणकारीको पक्षमा उभिएका छन् । यो नै आक्रमणकारीको सफलता हो । तर तिनीहरुले बुझ्नुपर्छ – आज कसैलाई आक्रमण गर्दा उनीहरु जति खुशी भएकाछन, भोलि आफैलाई आक्रमण गर्दा तिनीहरु खुशी हुनेछन् । इसाईलाई हान्दा ईस्लाम र हिन्दु खुशी हुने, हिन्दुलाई हान्दा इसाई र ईस्लाम खुशी हुने, बौद्धलाई हान्दा सबैले रमिता हेर्ने ! यस्तै स्थिति उत्पन्न गराइनेछ । तर बुझ्नुपर्ने कुरा के हो भने अनिश्वरवादी, भौतिकवादि, नास्तिकवादी अझ सैतान पुजकहरुले इश्वरवादीलाई प्रहार गरिरहेको छ । आज एउटालाई खाएको बाघले भोलि अर्कोलाई निश्चित खानेछ । किनकि मान्छेको रगत खाने बाघ बस्तीभित्र पसिसकेको छ । कसैलाई खाएको देख्दा खुशी हुनुपर्ने कुनै कारण छैन ।

यो कुरा कसरी पुष्टि हुन्छ भने जब इजरायल र अमेरिकाले ईरानमा पहिलोपटक आक्रमण गर्‍यो, तत्कालै भ्याटिकनको पोपले आक्रमणको बिरोध गरे । इजरायल र अमेरिकाको कडा आलोचना गरेर तत्काल आक्रमण रोक्न आग्रह गरे । किन ? पोपलाई इरानी मुस्लिमहरुको माया लागेर हो त ? पोपको निम्ति इजरायल र अमेरिका भन्दा ईरान नजीकको भएर हो त ? ईरानले पोपलाई प्रलोभन दिएर हो त ? हैन, विल्कुलै हैन । पोपलाई थाह हुनुपर्छ – यो युद्ध इश्वरीय सत्तालाई स्वीकार नगर्ने ‘सैतान’ हरुले इश्वरीय सत्तालाई स्वीकार गर्नेका विरुद्ध गरेको हो । पोपले अहिलेसम्म १०० पटक भन्दा बढी अमेरिका र इजरायललाई इरानमा आक्रमण नगर्न भनिसके तर अन्तर्राष्ट्रिय मिडियाले यो कुरालाई चासो दिएनन्, किन ?

यो लडाइँ ईरानको मात्र लडाइँ हैन, सम्पुर्ण इश्वरवादीहरुको लडाइँ हो । ईरान हार्नु भनेको इश्वरीय सत्तालाई स्वीकार गर्ने समुहले हार्नु हो । ईस्लामिक धर्म अनुसार इश्वरीय सत्तालाई स्वीकार नगर्ने सैतानपुजकहरुलाई काफीर भन्दारहेछन, अहिले ईरानीहरु तिनै एपस्टीन ग्याङका काफीर विरुद्ध लडिरहेका छन् । हाम्रो सनातन शास्त्रले पनि काफीरहरुलाई दैत्य, राक्षस वा असुर भन्ने गर्छ । त्यस्ता असुरहरुले जित्नु भनेको संसारबाट इश्वरीय शक्ति क्षीण हुनु र आसुरी शक्तिले जित्नु हो । न्यु वर्ल्ड अर्डरका गुप्त शक्तिकेन्द्रले विश्व कब्जा गर्नु हो ।त्यसैले म ईरानको पक्षमा छु ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *