भिक्षु अर्जुन मगरबाट आश्रामका बालबालिका लाई खाधान्य दान (फाेटाे सहित)

Read Time:4 Minute, 3 Second

हुम बहादुर पचभैया थापा मगर
काठमाण्डौ , चैत्र ११ । भक्तपुर मुनि विहारमा विहार गरिबस्नु भएका भिक्षु गरुको स्थविर भन्ते (अर्जुन मगर)ज्यूले कारागारका कैदीबन्दीका सन्तानहरुको संस्था बन्दी सहायता नेपाल (Prisoner’s Assistance Nepal) लाई सात बोरा चामल र १६ दर्जन बिस्कुट दानगर्नु भएको हो ।

साथै बेलायतबाट बिदामा नेपाल आउँनु भएका सि.एन.सि.बिजि (यू.के.का) अध्यक्ष एवं नेपाली नागरिक्ता निरन्त्रता बेलायतका संस्थापक अध्यक्ष थर्क राना र शोभा राना मगर दम्पतीले पनि एक बोरा दाल र एक कार्टुन खाने तेल दान दिनुभएको हो ।

नयाँबजार , सोह्रखुट्टेमा रहेको बन्दी सहायता नेपालको मुख्य कार्यालयमा पुगेर होम ईन्र्चाज शिर्जना मगरलाई भिक्षु र राना दम्पतिले हस्तान्त्ररण गर्नु भएको हो ।


बन्दी सहायता नेपालका संस्थाको संस्थापक अध्यक्ष झापा निवासी ईन्दीरा राना मगर हुनुहुन्छ । राना मगरले २६ बर्ष अगाडी अर्थात ई.सं. २००० सालमा बन्दी सहायता नेपाल एक गैह््र नाफामुलक संस्था स्थापना गर्नु भएको थियो ।

काठमाण्डौ र झापाको विभिन्न १० स्थानको आश्राममा १६० जना भन्दा बेसी बालबालिकाहरु अध्ययनरत र आश्रीत रहेको सांसद राना मगरको निजि सचिवालयका कर्मचारी कुमार र अर्पनाले राज्यसत्ता लाई बताए ।


राना मगर समाजिक क्षेत्रमा काम गर्दागर्दै बि.सं.२०७९ सालमा राजनीतिकमा प्रवेशगरि रास्वपाबाट समानुपातिकमा सांसद हुँदै उपसभामुख बन्नु भएको थियो ।

राना मगर गत २१ फागुन२०८२ सालको प्रतिनिधीसभाको आम चुनावमा झापा क्षेत्र नं. २ बाट निबर्तमान सभामुख देबराज धिमिरेलाई भारिमतले पराजित गर्दै निवार्चित हुनुभएको हो । राना मगर अब बन्ने सरकारमा सभामुख बन्ने प्रवल सम्भावना रहेको छ ।


खाधान्य हस्तात्ररण पछि भाडामा लिनुभएको घरपुगेर स्वास्थ्य लाभ र बधाई तथा शुभकामना दिनुहुनेहरुमा भिक्षु गरुको स्थविर भन्ते (अर्जुन मगर)ईलाम , भिक्षु खन्ति शोभनो स्थविर(दिपक नाम्जाली मगर) सुर्खेत , सि.एन.सि.बिजि (यू.के.का) अध्यक्ष थर्क राना मगर र शोभा राना मगर दम्पती ,भूतपूर्व सैनिक कल्याणकारी समिति , नेपालका अध्यक्ष हुम बहादुर थापा र सदस्य प्रेम बहादुर पुन मगरहरु थिए ।


साथै , स्वास्थ्य लाभ र बधाई तथा शुभकामना दिदै सि.एन.सि.बि.जि (यू.के.का) अध्यक्ष थर्क राना मगरले बेलायतमा बसोबास गर्ने करिब १ लाख ५० हजार गोरखा र गोरखाको सन्तानहरुको बंशजको नेपाली नागरिक्ता निरन्त्रताको लागी


नवनिवार्चित माननीय ईन्दीरा राना मगर ज्यूलाई ज्ञापनपत्र बुझाउँदै सदनमा बुलन्ध अावाज उठाई दिन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण भूतपूर्व सैनिक कल्याणकारी समिति , नेपालका अध्यक्ष हुम बहादुर थापाले गरेका थिए ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *