परीक्षा मिति सार्न माग गर्दै नेपाल संघीय समाजवादी पार्टीले बुझायो ज्ञापन

Read Time:3 Minute, 42 Second

राज्यसत्ता ,

जनकपुरधाम । पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा सञ्चालन हुने लोकसेवा आयोगको परीक्षा मिति सार्न औपचारिक माग गरेको छ । धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षा मिति पुनःनिर्धारण गर्नुपर्ने पार्टीको जोड रहेको छ ।

लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व “इद” सँग जुध्न सक्ने देखिएकोले उक्त मिति उपयुक्त नभएको पार्टीले जनाएको छ ।
मधेश प्रदेशमा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति रहेको र उनीहरूका लागि इद अत्यन्त महत्वपूर्ण पर्व भएकाले सो दिन परीक्षा सञ्चालन गर्दा धेरै परीक्षार्थी प्रभावित हुने सम्भावना रहेको बताइएको छ ।
पार्टीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा अनुसार आचरण गर्न पाउने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु संविधानको भावनाविपरीत हुन सक्ने तर्क अघि सारेको छ । धार्मिक स्वतन्त्रता, समान अवसर र सामाजिक सद्भाव जोगाउन राज्यले संवेदनशील निर्णय लिनुपर्नेमा पार्टीले जोड दिएको छ ।
त्यसैगरी, पार्टीले परीक्षाको मिति निर्धारण गर्दा विभिन्न समुदायका चाडपर्व तथा सामाजिक अवस्थालाई ध्यानमा राख्नुपर्ने आवश्यकता औंल्याएको छ । अन्यथा, यसले दीर्घकालीन रूपमा असन्तुष्टि र असमानताको भावना बढाउन सक्ने चेतावनी पनि दिइएको छ ।
यस विषयमा सरोकारवाला निकाय, विद्यार्थी तथा स्थानीय समुदायबाट समेत परीक्षा मिति पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ। उनीहरूले परीक्षार्थीलाई सहज वातावरणमा परीक्षा दिन पाउने अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने बताएका छन् ।
यसैबीच, यो ज्ञापन पत्र मधेश प्रदेशका लोकसेवा आयोगका प्रमुखज्यूलाई पार्टीका प्रदेश सचिव शैदर अन्सारीको नेतृत्वमा नागरिक अगुवाहरू समेतको सहभागितामा बुझाइएको थियो ।
पार्टीले सम्बन्धित निकायसँग यथाशीघ्र परीक्षा मिति पुनःनिर्धारण गर्न माग गर्दै यस विषयमा चाँडो निर्णय लिन आग्रह गरेको छ । साथै, यसबारे लोकसेवा आयोगले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। परीक्षा मिति परिवर्तन हुने वा नहुने विषयमा आयोगको निर्णयलाई लिएर परीक्षार्थीहरू प्रतीक्षामा रहेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *